काठमाडौं– पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा शाहालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो।
शाह पक्राउ परेसँगै यसप्रकरणमा प्रकाउ पर्नेको संख्या ७ पुगेको छ। प्रहरीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका पूर्वखरिदार गोपाल कार्की, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख एवम् पूर्व सहसचिव कलाधर देउजा तथा कर्मचारीहरु सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका छन्।
बालुवाटारको सरकारी जग्गा अनियमितताका क्रममा सरकारी कागजात कीर्ते गरेको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि कीर्ते कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।


