काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ। सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनलाइ उपचारका लागि बर्न अस्पताल लगिएको सुवेदीले बताए। उनको अवस्था गम्भीर छ।
बसमा आगो लाग्दा चालक बसभित्रै भएको र नभागेको देखिएकाले चालक आफैँले आगो लगाएको आशंका प्रहरीले गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेले चालकले नै आगजनी गरेको आशंका गर्दै उक्त कोणबाट पनि अनुसन्धान भैरहेको जानकारी दिए।


