काठमाडौं–उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित पाँच दिने भ्रमणका लागि चीन उडेका छन्। गृहमन्त्री श्रेष्ठसहितको प्रतिनिधिमण्डलसहित मंगलबार राती चीनको सिचुवान प्रान्त भ्रमणका लागि उडेको हो।
गृहमन्त्री श्रेष्ठले आजै पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलाको स्वागत भोजमा सहभागिता जनाउने कार्यक्रम रहेको गृह मन्त्रालयले बताएको छ। उनले बिहीबार पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र सहर सिचुवानको भ्रमण एवं प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम छ।
श्रेष्ठले शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नेछन् भने त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन्। गृहमन्त्री श्रेष्ठ शनिबार नेपाल फर्किनेछन्।


