२०८३ कार्तिक ११ गते मङ्गलबार

ढुंगामा कुँदिएको इतिहास, संरक्षणको पर्खाइमा ७०० वर्ष पुरानो पञ्चदेवल [तस्बिर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ८
photo_photo-4_6c1fed2a

सुर्खेत: अछामको पञ्चदेवल विनायक नगरपालिका–६ विनायकमा रहेको ऐतिहासिक पञ्चदेवल संरक्षणको पर्खाइमा छ। करिब सात सय वर्ष पुरानो मानिने यो सम्पदा ढुंगाबाट निर्मित पाँचवटा देवल, शिलालेख र मल्लकालीन वास्तुकलाका कारण ऐतिहासिक तथा पुरातान्विक महत्त्व बोकेको स्थल हो। संरक्षण र व्यवस्थापनमा पर्याप्त ध्यान नपुग्दा भने देवलका संरचना जीर्ण बन्दै गएका छन्।

पञ्चदेवलको मध्यभागमा रहेको देवलको अग्रभागमा कुँदिएको शिलालेखमा विसं १३३७ उल्लेख छ। शिलालेखमा तत्कालीन खस राज्यका राजकुमार अक्षय मल्ल, उनका परिवार तथा ‘नागदेव’ नामका सूत्रधारको उल्लेख रहेको पाइन्छ। यही आधारमा पञ्चदेवललाई मल्लकालीन खस सभ्यता र वास्तुकलासँग जोडेर अध्ययन गर्ने गरिएको छ।

शिलालेखमा उल्लेख भएको समयलाई आधार मान्दा पञ्चदेवल करिब सात सय वर्ष पुरानो सम्पदा हो। ढुंगामा कुँदिएका अक्षर, देवलको बनोट र त्यसमा प्रयोग भएको प्रस्तरकलाले तत्कालीन समयको कला, वास्तुकला र निर्माण प्रविधिको झल्को दिन्छ। पञ्चदेवलमा रहेको शिलालेखलाई इतिहासविद् योगी नरहरिनाथले समेत अध्ययन गरी आफ्नो कृतिमा समेटेको बताइन्छ।

स्थानीय तहको नामकरणसमेत यही ऐतिहासिक सम्पदाबाट भएको हो। पञ्चदेवल विनायक नगरपालिकाले आफ्नो क्षेत्रको प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा पञ्चदेवललाई समेटेको छ। नगरपालिकाको नामसँगै जोडिएको यो सम्पदा स्थानीयका लागि धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रसमेत हो।

पञ्चदेवल पाँच भाइ पाण्डवले निर्माण गरेको भन्ने स्थानीय जनविश्वाससमेत छ। यद्यपि शिलालेख तथा विभिन्न ऐतिहासिक अध्ययनले यसको निर्माणलाई मल्लकालीन खस सभ्यतासँग जोडेको पाइन्छ। यही कारण पञ्चदेवल धार्मिक आस्था र ऐतिहासिक अध्ययन दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

एउटा देवल अस्तित्वमै छैन

पञ्चदेवलका पाँच संरचनामध्ये एउटा देवल अहिले अस्तित्वमा छैन। स्थानीयका अनुसार विसं १९९० को भूकम्पका क्रममा उक्त देवल भत्किएको थियो। बाँकी रहेका देवलका संरचनामा समेत समयसँगै क्षति पुगेको छ। कतिपय भागमा झारपात उम्रिएको छ भने ढुंगाका संरचनामा समेत जीर्णताको असर देखिन्छ।

सम्पदा संरक्षणका लागि स्थानीय तहले पहल गरे पनि पुरातात्त्विक सम्पदाको संरक्षण र पुनर्निर्माणमा देखिएको प्रक्रियागत जटिलताका कारण काम अघि बढाउन समस्या भएको स्थानीय तहको भनाइ छ।

पञ्चदेवल विनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउनेका अनुसार नगरपालिकाले पञ्चदेवल संरक्षणका लागि बजेट छुट्याए पनि पुरातात्त्विक सम्पदामा स्थानीय तहले आफूखुसी निर्माण तथा पुनर्निर्माण गर्न मिल्दैन। भत्किएको देवल पुनर्निर्माणका लागि पुरानो स्वरूप प्रमाणित गर्ने तस्बिर, नक्सा वा स्केच आवश्यक पर्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ।

पुरातत्त्व विभागले पञ्चदेवललाई ‘क’ वर्गको सम्पदाका रूपमा वर्गीकरण गरेको छ। सम्पदाको मौलिक स्वरूप जोगाएर संरक्षण गर्नुपर्ने भएकाले पुरानो संरचनाको प्रमाण र प्राविधिक अध्ययनका आधारमा मात्रै संरक्षण तथा पुनर्निर्माण गर्नुपर्ने विभागको धारणा छ।

ढुंगामा कुँदिएको इतिहास

पञ्चदेवलको महत्त्व यसको संरचनामा मात्र सीमित छैन। यहाँ रहेको शिलालेखले तत्कालीन समयको राजनीतिक, सामाजिक तथा सांस्कृतिक अवस्थाबारे अध्ययन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्छ। शिलालेखमा प्रयोग भएको भाषा, अक्षर र त्यसमा उल्लेखित व्यक्तिको विवरणले तत्कालीन खस राज्यको इतिहास बुझ्नसमेत सहयोग पुग्ने इतिहाससम्बन्धी अध्ययनमा उल्लेख छ।

विनायक क्षेत्र पञ्चदेवलबाहेक अन्य धार्मिक तथा सांस्कृतिक सम्पदाले समेत समृद्ध छ। यहाँका मठमन्दिर, देवल, नाउला, धर्मशाला, शिलालेखलगायत संरचनालाई स्थानीय इतिहास र संस्कृतिसँग जोडेर हेर्ने गरिएको छ।

मध्यपहाडी लोकमार्गको पहुँचका कारण पञ्चदेवलसम्म पुग्न अहिले सहज छ। सडकसँग जोडिएको यो ऐतिहासिक स्थललाई व्यवस्थित रूपमा संरक्षण गर्न सके धार्मिक तथा ऐतिहासिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको अपेक्षा छ। तर त्यसका लागि सम्पदाको मौलिकता जोगाउँदै संरक्षण, प्रचारप्रसार र पर्यटकीय पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ। पञ्चदेवल विनायक नगरपालिकाले पञ्चदेवलसँगै मष्टामाडौं, बालमाडौं, कुइकेल्लेमाई, कर्णाली नदी क्षेत्र, बेलखेत र कालापानीलगायत क्षेत्रलाई धार्मिक तथा पर्यटकीय सम्भावना भएका स्थानका रूपमा अघि सारेको छ।

करिब सात सय वर्षदेखि इतिहास बोकेर उभिएको पञ्चदेवलको एउटा देवल हराइसकेको छ। बाँकी संरचनासमेत संरक्षणको पर्खाइमा छन्। त्यसैले स्थानीय तह, पुरातत्त्व विभाग र सम्बन्धित निकायबीच समन्वय गरी वैज्ञानिक र मौलिक स्वरूपमा संरक्षण गर्न सके पञ्चदेवल केवल धार्मिक स्थल नभई खस सभ्यता, भाषा, कला र वास्तुकलाको महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा भावी पुस्तासम्म सुरक्षित राख्न सकिनेछ।

प्रकाशित: २०८३ असोज ८ गते बिहिबार ११:५२
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना