२०८३ कार्तिक ११ गते मङ्गलबार

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ९
apple

धनगढी: हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको विषादीरहित अर्ग्यानिक स्याउ बिक्रीका लागि बिहीबार कैलालीको धनगढी आइपुगेको छ।

गाउँका किसानले उत्पादन गरेको स्याउ स्थानीय बजारमा खपत नभएपछि बजारीकरणका लागि धनगढी ल्याइएको स्वामीकार्तिक खापर गाउँपालिकाका–१ का स्याउ किसान दानबहादुर रावलले बताए।

किसान रावलले लामो समयदेखि रुपाली कृषि फार्म नामक कृषि फार्म दर्ता गरी स्याउ खेती गर्दै आउनुभएको छ। ‘व्यावसायिक रूपमा स्याउ खेती गर्दै आउनुभएका रावलले स्याउको उत्पादन बढे पनि बजारको अभावमा किसान पीडामा छन्’, उनले भने, ‘यहाँका धेरै किसानले स्याउ खेती गरेका छन्, किसानका बगैँचामा स्याउ राम्रो फलेको छ, तर बिक्री नहुने भएपछि लगानी र मिहिनेत खेर जाने अवस्था देखिएपछि धनगढी ल्याएको हुँ।’

उनले आफू लगायत सात जना किसानको बगैँचामा उत्पादन भएको स्याउ सङ्कलन गरेर धनगढी ल्याएको बताए। किसानले उत्पादन गरेको स्याउ सुरक्षित राख्ने ठाउँ नहुँदा बारीमै कुहिने तथा सस्तोमा बिक्री गर्नुपर्ने अवस्था रहेको उनले दुःखेसो पोखे।

गाउँमा उत्पादन भएको स्याउको बजारको सुनिश्चितता, सङ्कलन केन्द्र, उचित मूल्य र शीतभण्डारको व्यवस्था भएको भए स्थानीय किसानको अर्थोपार्जनसँगै ठुलो राहत मिल्ने किसान रावलको भनाइ छ।

रावलले गाउँमा बिक्री गर्न असहज भएपछि कालीकोट, दैलेख, सुर्खेत हुँदै तीन दिन लगाएर करिब आठ टन रेड, रोयल र गोल्डेन जातका स्याउ धनगढी ल्याउनुभएको हो। स्याउको मूल्य प्रतिकिलोग्राम रु १२० रहेको छ।

रासायनिक विषादीको प्रयोग नगरी उत्पादन गरिएको यो स्याउ बजारमा उपलब्ध अन्य जातको स्याउभन्दा रसिलो, सस्तो र स्वादिष्ट रहेको पाइएको छ।

प्रकाशित: २०८३ असोज ९ गते शुक्रबार १०:२९
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना