२०८३ कार्तिक ११ गते मङ्गलबार

पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ९
flood_prthivi

काठमाडौँ: अविरल बर्षाका कारण देशका प्रमुख राजमार्गहरु प्रभावित भएका छन्। काठमाडौं जोड्ने केही राजमार्ग अवरुद्ध भएपनि केही भने संचालनमा छन्।

कान्तिलोकपथ : मकवानपुरतर्फको सडकखण्ड हाल सञ्चालनमा रहेको जनाइएको छ। तर, ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टिकाभैरव क्षेत्रमा सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी बिहान ६ः१५ बजे भट्टेडाँडा, ललितपुरबाट प्राप्त भएको प्रहरीले जनाएको छ।

हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडकःहालसम्म सडकमा पहिरो नखसेको र यातायात सञ्चालनका लागि बाटो खुला रहेको जनाइएको छ।

त्रिभुवन राजपथ : हालसम्म पहिरोका कारण सडक अवरुद्ध नभएको र यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गः धादिङको कृष्णभीर नजिक तथा ज्यामिरे क्षेत्रमा पहिरो खसेर सडक दुईतर्फी रूपमा अवरुद्ध भएको जानकारी प्राप्त भएको छ।

साथै, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय धादिङले छुट्टाछुट्टै सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोक लगाएको जनाइएको छ।

सम्भावित बाढीपहिरो तथा सडक अवरोधको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री तथा ट्राफिक प्रहरी निरीक्षक रमेश विष्ट सहितको प्रहरी टोली फिल्डमा खटिएको छ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जिल्लाभित्रका सडक तथा जोखिमयुक्त क्षेत्रको अवस्था निरन्तर निगरानी भइरहेको जानकारी दिए।

प्रहरीले वर्षाका कारण जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्भावित विपद्को अवस्थामा उद्धार तथा राहतका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको जनाइएको छ।

प्रकाशित: २०८३ असोज ९ गते शुक्रबार १२:२७
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना