२०८३ कार्तिक ११ गते मङ्गलबार

नल्लु बाढीको सम्झनाले सताउँछ टीकाभैरवलाई, वर्षा हुनासाथ बढ्छ त्रास

 |  रासस
Sanket

रासस

काठमाडौँ, असोज ९
tikabhairab

काठमाडौँ: यतिबेला मौसम धुम्म छ। बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ। कतै बाढीपहिरोको त कतै डुबानको क्रास छ। ललितपुरको गोदावारी नगरपालिकास्थित टीकाभैरवका स्थानीय यतिबेला आकाशतिर हेर्छन्। आकाश उज्यालिने छाँडकाँट नहुँदा मन अँध्यारिन्छ। जब आकाशबाट ठूलो पानी पर्न थाल्छ जब स्थानीयको मनमा दुई वर्षअघिको नल्लु बाढीको दृश्य दोहोरिन थाल्छ।

वर्षौंदेखि आस्थाको केन्द्र बनेको टीकाभैरव मन्दिर बाढीको भेलमा बग्दै गएको, बस्तीमा बाढी पसेको त्यो दृश्य अझै नाचिरहेको छ, स्थानीय कृष्ण श्रेष्ठका आँखामा। ‘हेर्दाहेर्दै मन्दिरको छानासम्म पानी पुग्यो। आँखै अगाडि मन्दिर बगायो’, उनी भन्छन्, ‘मान्छेका घरहरू पनि डुबाउन थाल्यो। मुलधारे वर्षामा भिज्दै कोही बच्चा काखमा च्यापेर भाग्न थाले। कोही कुखुरा त कोही बाख्रा डोहोराएर भागिरहेका थिए।’

नल्लु खोलामा बाढी आएको यो पहिलोपटक भने होइन। श्रेष्ठका अनुसार आफूले थाहा पाएदेखि नै यस क्षेत्रमा बेलाबेला बाढी आउने गरेको छ। उमेरले सात दशक पार गरिसक्यो। उनको अनुभवमा २०८१ सालको बाढीको स्वरूप भने फरक थियो। उनले कहिल्यै त्यति ठूलो बाढी आउला भन्ने कल्पनासमेत गरेका थिएनन्। २०८१ असोज १२ गते आएको बाढीले सो क्षेत्रलाई नराम्ररी प्रभावित बनायो।

बाढीले मन्दिर मात्रै बगाएन, आसपासका बस्ती, खेत र संरचनामा पनि क्षति पुर्‍यायो। हराबरा सुन्दर देखिने दृश्य बगरमा परिणत गरायो। त्यस दिनको दृश्य सम्झँदा स्थानीयको मन अहिले पनि भारी हुन्छ। ठूलो वर्षाको खबर सुन्नासाथ उनीहरूमा फेरि त्यस्तै विपद् दोहोरिने हो कि भन्ने डर हट्न सकेको छैन।

अर्का ७५ वर्षीय स्थानीय कृष्ण खड्काले पनि नल्लुमा त्यति ठूलो बाढी आएर विनास गर्ला भन्ने कहिल्यै लागेको थिएन। यतिबेला सञ्चारमाध्यमबाट आइरहेको भारीदेखि अतिभारी वर्षा हुने पूर्वसूचनाको खबरले चिन्ता थपेको छ। ‘आकाशमा बादल मडारिँदा पनि मन डराउछ नि। आकाशबाट ठूलो वर्षा हुँदा रातमा चिन्ताले निन्द्रा नै लाग्दैन,’ उनी भन्छन्, ‘भारी वर्षा हुँदैछ भन्ने खबर सुन्दा मन अझै तर्सिरहेको छ। दुई वर्षअघिको जस्तै विपद्ले तहल्का मच्चाउने त होइन भन्ने लागिरहन्छ।’

त्यतिबेला मन्दिर बगाएको त्यो दिन सम्झँदा खड्काका पनि मन भारी हुन छाडेको छैन। ‘हेर्दाहेर्दै मन्दिर पनि लडेको देखियो, त्यता फर्केर हेर्दा पनि अझै उराठ लाग्छ,’ उनी भन्छन्। पन्ध्र वर्षदेखि मासु पसल सञ्चालन गर्दै आएका रमेश खत्रीका लागि वर्षा अब सामान्य मौसम मात्र रहेन। पानी पर्न थालेपछि उनको मनमा अनिश्चितताको डर पस्छ। ‘पानी परिरहँदा मन पनि अत्तालिन्छ। कतै दुई वर्षअघिको जस्तै बाढीले पसल त डुबाउँदैन भन्ने चिन्ता लाग्छ,’ उनी भन्छन्, ‘पानी पर्न नरोकिएसम्म ढुक्कले निदाउन सकिएको छैन।’

दुई वर्षअघिको बाढीले छाडेको त्रास खत्रीको मनबाट अझै हटेको छैन। त्यसैले आकाशमा बादल लाग्दा वा लगातार पानी पर्न थालेपछि उनको ध्यान पसल र खोलातिर पुग्छ। विगतमा बाढीले पुर्‍याएको क्षतिको सम्झनाले भविष्यमा फेरि त्यस्तै घटना दोहोरिन्छ कि भन्ने चिन्ता थपिन्छ। स्थानीय मीना श्रेष्ठको अनुभव पनि उस्तै छ। दुई वर्षअघि नल्लु खोलाको बाढी उनको घरसम्मै पस्यो। रातारात घर छाडेर सुरक्षित स्थानतर्फ दौडिनुपरेको त्यो क्षण अहिले पनि उनको स्मृतिमा ताजै छ। ‘दुई वर्षअघि बाढी घर पस्यो। रातारात घर छाडेर दौडनुपर्‍यो,’ उनी भन्छिन्, ‘अहिले पनि वर्षा हुँदा कतै बाढीले लखेट्ने त होइन भन्ने लाग्छ।’

वर्षा सुरु हुनेबित्तिकै श्रेष्ठको मनमा पुरानो त्रास फर्किन्छ पानीको मात्रा बढ्दै जाँदा बाढी आउने हो कि भन्ने आशङ्काले मनमा ठाउँ लिन्छ। बाहिर पानी परिरहेको हुन्छ, तर उनको ध्यान भने खोलाको बहाव र आफ्नो घरको सुरक्षामै केन्द्रित हुन्छ। अर्का स्थानीय सागर श्रेष्ठको सम्झनामा पनि दुई वर्षअघिको बाढीको दृश्य नाचिरहन्छ। बाढीले उनको आँगनको ढिल नै बगाएको थियो। अहिले वर्षा सुरु भएपछि पनि श्रेष्ठको मनमा प्रश्न उठ्छ– कतै विगतकै जस्तो बाढी त आउने होइन ?

बाढीले बगाएको आँगनको ढिल पुनः बनिसकेको छ। तर बाढीले मनमा छाडेको त्रास भने सजिलै मेटिन सकेको छैन। टीकाभैरव मन्दिर नजिकै पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएकी शारदा पोखरेलको दैनिकी पनि वर्षायाममा फेरिन्छ। उनको पसलभन्दा केही माथि घर छ। पानी पर्न थालेपछि घरभित्रै बसेर पनि उनको मन नल्लु खोलामै पुग्छ। ‘पानी पर्न थालेपछि डर लाग्छ। रातभरि निद्रा लाग्दैन,’ उनी भन्छिन्। पानी परेको रात पोखरेललाई निकै लामो लाग्छ। नल्लुमा पानी कति बढ्यो होला ? कतै खोलामा बाढी आएको त छैन ? बिहानसम्म अवस्था कस्तो होला ? भन्ने प्रश्न मनमा खेलिरहन्छ।

बिहान हुनेबित्तिकै उनी नल्लु खोला हेर्न पुग्छिन्। खोलामा बाढीको भेल नदेखिएपछि मात्रै मन केही ढुक्क हुन्छ। ‘रातमा पानी परेपछि भोलिपल्ट बिहान नल्लु उर्लिएको छ कि छैन भनेर हेर्नु मेरो दैनिकी नै बनेको छ,’ पोखरेल भन्छिन्। शारदाले आफ्नो जीवनको अवधिमा त्यस क्षेत्रमा दुई पटक बाढी आएको देखिन्। संयोगले दुई पटक नै असोज महिनामा बाढी आएको थियो। ‘२०५९ सालको असोज र २०८१ सालमा पनि असोज नै बाढी आयो। अहिले पनि असोज लागेपछि नै वर्षा भइरहेका छ। यो साल पनि असोजमा नै कतै बाढी त आउने होइन भन्ने क्रास त छ। जे होला। हामीले रोकेर रोक्न सकिदैन। सतर्क रहने हो,’ उनी भन्छिन्।

पातलिँदै धार्मिक पर्यटन

टीकाभैरव मन्दिर यस क्षेत्रको पहिचानलाई अझै उचो बनाएको थियो। धार्मिक आस्था बाकेर मन्दिर आगमन गर्ने धार्मिक पर्यटकहरु झुम्मिँदै थिए। पहिलाभन्दा भीड बाक्लिदै थियो। चैतको अष्टमी र पूर्णिमामा यहाँ ठूलो भीड लाग्ने गथ्र्यो। मन्दिर भत्किएयता सुनसान छ टीकाभैरव। काठमाडौँ, पाटन, भक्तपुर र बुङमतीलगायतका ठाउँबाट मानिसहरू पूजा गर्न आउने गरे पनि मन्दिर बगाएको खबरले आन्तरिक पर्यटकहरु ज्यादै पातलिएको बताउँछन् स्थानीय दिलबहादुर श्रेष्ठ।

स्थानीयका लागि मन्दिरसँग जोडिएका आफ्नै विश्वास छन्। टीकाभैरवलाई ‘भैरवका महाराज’का रूपमा मान्ने गरिएको बताउँछन् उनी। यसैगरी मछिन्द्रनाथको दायाँपट्टीको चक्कामा टीकाभैरव मन्दिर बस्ने विश्वास रहेको छ। परिसरमा रहेको रामेश्वर नामको ठूलो ढुंगा छ। उक्त ढुङ्गामा दल्दा कम्मर दुखाइ निको हुने जनविश्वाससमेत जोडिएको स्थानीय बताउँछन्। सो ढुङ्गा लङ्काबाट हनुमानले ल्याएको जनविश्वास छ। यस्ता धार्मिक तथा सांस्कृतिक विश्वासले टीकाभैरवलाई स्थानीय सीमाभन्दा बाहिर पनि चिनाएको थियो।

अहिले भने टीकाभैरव मन्दिरको पुनर्निर्माणका कार्य अगाडि बढिरहेको छ। धार्मिक आस्था र पर्यटकीय सम्भावना बोकेको उक्ता मन्दिरलाई पुरानै स्वरुपमा उभ्याएर गुमेको पहिचानलाई पुर्नजन्म विश्वास छ स्थानीयको। फेरि पनि टीकाभैरवमा आउने भक्तजनको लामालस्कर लाइन हेर्न आतुर छन् स्थानीयहरू।

फेरिएको भू–दृश्य

टीकाभैरव र लेले आसपास क्षेत्रमा जहाँ पहिले खेत थियो, त्यहाँ अहिले ढुङ्गा र बगर देखिन्छ। कुनै समय यही खेतमा धान रोपेर केही महिना परिवार पाल्ने गरेको स्थानीय सम्झन्छन्। ‘यस्तै तीन–चार महिना खान पुग्थ्यो,’ स्थानीय कृष्ण खड्का सम्झन्छन्। बाढीले खेत मात्रै बगाएन, नदीको धारसमेत परिवर्तन गरिदिएको उनको अनुभव छ।

खोलाको किनार आसपासका केही घर र पसलमा पनि पानी तथा माटो पसेको थियो। पानी बढ्न थालेपछि कतिपय परिवारले घर छाडेर सुरक्षित स्थानमा गएर रात बिताएका थिए। पहिले खोलाको छेउमा रहेको विद्यालय अहिले केही माथि सारिएको स्थानीय बताउँछन्। संरचना सारिए पनि दुई वर्षअघिको भन्दा ठूलो वर्षा पो हुने हो कि भन्ने भय मनमा बाँकी नै छ स्थानीयहरूको। ठूलो पानी परेपछि बाढी मात्रै होइन, पहिरोको सम्भावनाले पनि उनीहरूलाई सताउने गरेको छ। पानी परेपछि मन लाग्ने डर, खोलातिर हेर्दा देखिने बगर र आँखै अगाडि बगेको मन्दिरको दृश्य उनीहरूका लागि नमिठो र अकल्पिनीय सम्झाना बनिरहेको छ।

आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने

नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेबिट ढकालले शनिबारसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्नेमा सुझाव दिए। ‘शुक्रबार वर्षाको गतिविधि अझ बढी हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको छ,’ उनले भने।

मौसमविद् ढकालले शनिबार भने वर्षाको गतिविधि क्रमशः पश्चिमतर्फ केन्द्रित हुने देखिएको र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जानकारी दिए। उनका अनुसार ती क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको र गण्डकीदेखि पश्चिमका विभिन्न भूभागमा समेत वर्षाको गतिविधि बढ्ने सम्भावना छ।

आइतबार भने बागमती र गण्डकीदेखि पूर्वी भूभागमा वर्षाको गतिविधि तुलनात्मक रूपमा कम हुने तथा पश्चिमी भूभागमा मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर दैनिक गतिविधि सञ्चालन गर्न सकिने अवस्था देखिएको उनले बताए। ढकालले विशेषगरी भारी वर्षा हुने सम्भावना भएका क्षेत्रका बासिन्दालाई बाढी तथा पहिरोको जोखिमप्रति सचेत रहन र विभागले जारी गर्ने मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न आग्रह गरे।

प्रकाशित: २०८३ असोज ९ गते शुक्रबार ०३:०३
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना