चितवन:भरतपुर महानगरपालिका–२ आपटारीस्थित विद्युत् सबस्टेसन नजिक रुख ढलेर अवरुद्ध भएको सडक खुलाइएको छ।
असोज ११ गते आइतबार बिहान रुख ढलेपछि केही समय सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सप्रनि नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी टोलीले रुख पन्छाएर सडकमा यातायात सञ्चालन हुने व्यवस्था मिलाएको हो।


