काठमाडौँ- जनमत पार्टी आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटका विपक्षमा उभिने भएको छ। सरकारलाई समर्थन गरिरहेको दल जनमतले बजेटका विपक्षमा उभिने भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई जनमतसमेत गरी ८ दल र ३ स्वतन्त्र सांसदको समर्थन छ।
बजेटको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी उभिनेछन्। बजेटका विषयमा तीव्र असन्तुष्टि देखाएको नेकपा एकीकृत समाजवादीले बुधबार बिहान मात्रै बजेटका पक्षमा ह्विप लगाउने निर्णय लिएको छ।
मधेस प्रदेशमा विनियोजित बजेटप्रति असन्तुष्टि जनाउँदै जनमतले बजेटका विपक्षमा उभिने निर्णय गरेको हो। पार्टीका अध्यक्ष सीके राउतलेले बजेटलाई गरिबमारा, मधेसविरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय संसदीय दलको बैठकले गरेको हो। ६ सांसद रहेको जनमतले समर्थन नगरेपनि बजेट पास गर्न पर्याप्त संख्या सरकारसँग छ।
बजेटको विपक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र दुई स्वतन्त्र सांसद छन्।


