२०८३ कार्तिक ११ गते मङ्गलबार

विद्युत् पुनर्स्थापना तीव्र, प्युठान र रोल्पामा रातिसम्म तथा अन्य क्षेत्रमा भोलिसम्म सेवा सुचारु हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ११
nea_bidhut

काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा क्षति पुगेका क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा सेवा पुनर्स्थापनाको कामलाई तीव्रता दिएको छ।

प्युठान, रोल्पा र रुकुम पूर्व लगायतका जिल्लाहरूमा अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्न प्राविधिक टोलीहरू युद्धस्तरमा खटिएका छन्।

प्राधिकरणका अनुसार अर्घाखाँची जिल्लाबाट प्युठान सप्लाई गरिएको ३३ केभी प्रसारण लाइन मर्मत कार्य अन्तिम चरणमा पुगेकाले आज साँझ ७ बजेसम्ममा सञ्चालनमा आउने सम्भावना छ। उक्त लाइन चालु भएसँगै प्युठानको सदरमुकाम खलङ्गासहित धेरै स्थानहरूमा विद्युत् आपूर्ति पुनः सुरु हुनेछ।

यसैगरी लमही–झिम्रुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटी खण्डमा चुँडिएको कन्डक्टर तन्काउने कार्य भइरहेको छ।

सो क्षेत्रमा निरन्तर पानी परिरहेकाले मर्मतमा कठिनाइ भए पनि आज राति १० बजेसम्ममा लाइन सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यो लाइन सञ्चालनमा आएपछि प्युठान जिल्लामा पूर्ण रूपमा र रोल्पाको सदरमुकाम लिबाङसहित पूर्वी भेगमा विद्युत् सेवा पुनर्स्थापना हुनेछ।

उता रोल्पाको पश्चिमी भेग होलेरी क्षेत्रमा बिहानैदेखि प्राविधिक टोली परिचालन गरिएको छ। सो क्षेत्रको एक स्थानमा पाँच स्प्यान कन्डक्टर पोलसहित ढलेको र अन्य चार ठाउँमा रूख ढलेर पोल तथा तार चुँडाएको पाइएको छ। हाल तीव्र गतिमा मर्मत कार्य भइरहेकाले भोलिसम्ममा होलेरी क्षेत्रमा विद्युत् आपूर्ति नियमित हुनेछ।

यस्तै, रोल्पाको थवाङतर्फ गएको लाइनमा पहिरोका कारण धेरै क्षति पुगेको छ। सडक अवरुद्ध भएकाले कर्मचारीहरू घटनास्थल पुग्न समय लागेको र क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।

रुकुम पूर्वमा भने सल्यान हुँदै गएको वितरण लाइन सल्यान वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा अवरुद्ध बनेको छ। पहिरोले पोलहरू बगाएको र ढालेको पाइएकाले मर्मत कार्य अघि बढाइएको र भोलिसम्ममा लाइन रिस्टोर गरिनेछ।

हाल स्थानीय स्तरमा वैकल्पिक व्यवस्था मिलाउँदै रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा स्थानीय राप्ती हाइड्रोपावरबाट विद्युत् आपूर्ति सञ्चालन गरिएको छ।

प्राधिकरणले विपद्का बाबजुद कर्मचारी तथा प्राविधिकहरूको सुरक्षालाई ध्यानमा राख्दै छिटोभन्दा छिटो सबै प्रभावित क्षेत्रमा विद्युत् सेवा पूर्ववत् अवस्थामा फर्काउन निरन्तर काम भइरहेको जनाएको छ।

प्रकाशित: २०८३ असोज ११ गते आईतबार ०७:१७
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

८ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना

काठमाडौँः सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाएको छ। पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण...

कुसुन्तीमा ५ करोडमा लिफ्टसहितको आकाशे पुल बन्दै, कहिलेदेखि सञ्चालनमा आउँछ?

काठमाडौँ: ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना