२०८३ असोज २२ गते बिहिबार

पर्वतमा प्रथम दुर्लुङकोट हाफ म्याराथन हुँदै, प्रथम पुरस्कार एक लाख

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १२
825310422_3543284005831719_4822162500281127153_n

पर्वत: पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।दुर्लुङकोट म्याराथन समाजको आयोजनामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचार तथा युवाहरूलाई खेलकुद र स्वस्थ जीवनशैलीमा जोड्ने उद्देश्यका साथ आगामी असोज ३१ गते म्याराथन आयोजना गर्न लागिएको हो।

हिन्दुहरूको महान चाड बडादसैँको अवसर पारेर “दौडौं स्वास्थ्यका लागि, जोडौं समाजका लागि, दुर्लुङकोट चिनाऔँ, खेलकुदसँग जोडाऔँ” भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।म्याराथन प्रतियोगिता पर्वतको मोदी गाउँपालिकाको पातिचौरबाट सुरु भइ कुश्मा बजार हुँदै दुर्लुङकोट पुगेर टुंगिनेगरी रुट तय गरिएको छ।

म्याराथनमा प्रतियोगितामा देशभरका व्यावसायिक खेलाडी तथा धावकहरुलाई सहभागी हुन आयोजक दुर्लुङकोट म्याराथन समाजले प्रेस विज्ञप्तिमार्फत आह्वान गरेको छ।म्याराथन प्रतियोगतामा सहभागी हुन चाहने खेलाडी १७ वर्ष पूरा भएको हुनुपर्ने र असोज २३ गतेसम्म आयोजकलाई सम्पर्क गरी गुगल फारम भरेर आफ्नो नाम दर्ता गर्ने व्यवस्था गरिएको छ।नाम दर्ताका लागि रु. एक हजार शुल्क तोकिएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई रु. एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजनकले जनाएको छ। त्यसैगरी द्वितीय पुरस्कार: रु. ६० हजार, तृतीय पुरस्कार रु. ४०,००० हजार, चौथो पुरस्कार: रु. २० हजार र पाँचौ स्थान प्राप्त गर्नेलाई रु.१० हजार प्रदान गरिनेछ।त्यसैगरी दौड सफलतापूर्वक पूरा गर्ने सबै धावकहरूलाई प्रोत्साहन स्वरूप सम्मानपत्र तथा मेडल प्रदान गरिनेछ।

यस प्रतियोगिताले ऐतिहासिक दुर्लुङकोट र पर्वत जिल्लाकै आन्तरिक पर्यटन प्रवर्द्धन र खेलकुद विकासमा महत्वपूर्ण हुने आजोजक संस्थाले विश्वास लिएको छ।

प्रकाशित: २०८३ असोज १२ गते सोमबार ०२:५२
प्रतिक्रिया

थप समाचार

राष्ट्रिय टोलीबाट महान फुटबलर लियोनल मेस्सीको भावुक विदाइ

काठमाडौं। अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। राजधानी ब्युनस आयर्सस्थित एस्टाडियो मास मोनुमेन्टलमा...

मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि

काठमाडौं। अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ। अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने तयारीमा रहेका मेस्सीलाई विश्वविद्यालयले...

बीपीसी क्रिकेट लिगमा सिड च्यालेन्जर्स विजेता, ८० हजार रुपैयाँ पुरस्कार

काठमाडौँ: ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी)ले आयोजना गरेको बीपीसी क्रिकेट लिग २०२६ (इन्डोर) को उपाधि सिड च्यालेन्जर्सले जितेको छ। विजेता टोलीले ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। द...

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर: कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त...

ब्रिटिश प्रोफेसनल कलेजको आयोजनामा क्रिकेट लिग हुँदै, १६ टोलीबीच प्रतिस्पर्धा

काठमाडौँ–  द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी)ले काठमाडौँमा चार दिने 'एसीसीए प्रेजेन्ट्स: बीपीसी क्रिकेट लिग २०२६' आयोजना गर्ने भएको छ। बूढानीलकण्ठको चुनिखेलस्थित...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना