२०८३ कार्तिक १२ गते बुधबार

ललिता निवास प्रकरण : सरकारी वकिलको कार्यालय पुर्‍याइए ४ आरोपित [फोटो फिचर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १३
lalita_niwas_prakaran (11)

काठमाडौँ- ललिता निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाएर भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका चार जना आरोपितलाई म्याद थप गर्नका लागि सरकारी वकिलको कार्यालय लगिएको छ। बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेपछि उनीहरूलाई थप अनुसन्धान गर्ने म्याद लिने प्रक्रियाका लागि सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको हो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीद्वय धर्मप्रसाद गौतम र गोपाल कार्कीका साथै पूर्वनिर्वाचन आयुक्त तथा सुधीर साहलाई अदालतमा म्याद थपको प्रक्रियाका लागि सरकारी वकिलको कार्यालय लगिएको हो।

उनीहरूलाई प्रहरी हिरासतमा राख्नका लागि कुनै पनि हदम्याद नभएको प्रहरीले बताएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी लिखत कीर्तेको मुद्दामा हदम्यादको व्यवस्था नरहेको उल्लेख गरेको हो।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले मुलुकी ऐन, २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने दाबी गरिन्। ‘हदम्यादको सन्दर्भमा पनि द्विविधा गर्नुपर्ने प्रश्न छैन,’ बज्राचार्यले भनिन्। यो सँगै प्रहरीले उनीहरूलाई अनुसन्धान नसकुन्जेल जति समय पनि हिरासतमा राख्न पाउने प्रहरीको दाबी छ।

मंगलबार ललिता निवासको भ्रष्टाचार प्रकरणमा ७ जनालाई सीआईबीले पक्राउ गरेको थियो। तीमध्ये तीन जनाले यसअघि आफूहरूलाई पक्राउ नगर्नका लागि सर्वोच्च अदालतबाट स्टे अर्डर (अन्तरिम आदेश) लिइसकेको खुलेपछि मंगलबारै उनीहरूलाई रिहा गरिएको थियो।

अदालतको आदेश देखाएर मंगलबारै रिहा हुनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र त्यहीँका कर्मचारी सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी छन्। २०७९ साउन १९ गते सर्वोच्च अदालतले ललिता निवास प्रकरणको अन्तिम किनारा नलागेसम्म थप व्यक्ति पक्राउ नगर्न आदेश दिएको थियो।

मंगलबार देउजा, कपाली र केसीसहित भाटभटेनीका गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, धर्मप्रसाद गौतम र गोपाल कार्की पक्राउ परेका थिए। उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

अख्तियारले २२ माघ २०७६ मा १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले विशेषमा मुद्दा पुर्‍याएसँगै गृह मन्त्रालयले ठगी र कीर्तेमा पनि अनुसन्धान गर्न सीआईबीमा पत्र पठाएको थियो। सीआईबीले झन्डै साढे ३ वर्षपछि यो मुद्दाको फाइल पल्टाएको हो।

 

 

प्रकाशित: २०८० असार १३ गते बुधबार ०२:०१
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना