२०८३ कार्तिक १३ गते बिहिबार

आईपीओ स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १४
gopal bhatta

काठमाडौँः नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि बोर्डमा आउने फाइल कुन तहमा कति समय रहने र कुन प्रक्रियाबाट अघि बढ्ने भन्ने स्पष्ट पार्न ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) बनाउन लागिएको हो ।

बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले आईपीओ स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन एसओपी आवश्यक रहेको बताएका हुन् । उनका अनुसार बोर्डमा आईपीओसम्बन्धी फाइल विभिन्न तहमा अध्ययन तथा समीक्षाका लागि जाने भएकाले प्रत्येक तहको जिम्मेवारी र फाइल अघि बढाउने समयसीमा स्पष्ट पारिनेछ । यसबाट प्रक्रिया पूरा भएका फाइल अनावश्यक रूपमा लामो समय रोकिराख्ने अवस्था अन्त्य हुने बोर्डको अपेक्षा छ ।

‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर फर आईपीओ अप्रुभल बनाउँदैछौँ । बोर्डमा विभिन्न तह हुन्छन् । कुन फाइल कुन तहमा पुगेको छ र त्यहाँबाट कसरी अघि बढाउने भन्ने स्पष्ट प्रणाली बनाउँदैछौँ,‘ अध्यक्ष भट्टले समितिमा भने ।

अहिले आईपीओ स्वीकृतिका लागि कम्पनीले पेश गरेका कागजात तथा फाइल बोर्डभित्र विभिन्न तहबाट अध्ययन हुने गर्छन् । वित्तीय, कानुनी, प्राविधिक तथा अन्य आवश्यक पक्षको समीक्षा गरेपछि मात्र स्वीकृति प्रक्रियामा फाइल अघि बढ्ने व्यवस्था छ ।

अब बन्ने एसओपीमा फाइल कुन तहमा पुगेपछि के प्रक्रिया पूरा गर्नुपर्ने, सम्बन्धित तहको जिम्मेवारी के हुने र फाइल कति समयभित्र अर्को चरणमा पठाउने भन्ने विषयलाई व्यवस्थित गर्ने तयारी छ । अध्यक्ष भट्टले कानुनी वा अन्य समस्या नभएका फाइल अनावश्यक रूपमा रोकिराख्ने अवस्था अन्त्य गर्न खोजिएको बताए ।

यसले आईपीओ स्वीकृतिको प्रक्रियामा कम्पनीले भोग्दै आएको अनिश्चितता कम गर्ने अपेक्षा गरिएको छ । यद्यपि स्वीकृतिको निश्चित अवधि तोक्नुअघि कम्पनीले पेश गर्ने कागजात, नियामकीय परीक्षण तथा अन्य निकायबाट आवश्यक पर्ने स्वीकृतिलाई समेत प्रक्रियामा समेट्नुपर्ने हुन्छ ।

बोर्ड अध्यक्ष भट्टले आईपीओ फाइल कुन तहमा पुगेको छ भन्ने जानकारी हुने गरी प्रणाली विकास गर्न लागिएको संकेत गरेका छन् । उनका अनुसार कम्पनीसँग सम्बन्धित वित्तीय तथा अन्य विवरणको समीक्षा, सरकारी निकायबाट आवश्यक स्वीकृति र बोर्डभित्र हुने परीक्षणलाई छुट्टाछुट्टै चरणमा व्यवस्थित गरिनेछ । फाइल सम्बन्धित तहमा पुगेपछि सोही तहबाट आवश्यक काम अघि बढाउने र प्रक्रिया पूरा भएपछि अर्को तहमा पठाउने व्यवस्था मिलाउने तयारी बोर्डको छ ।

आईपीओसँगै अन्य नियामकीय प्रक्रिया व्यवस्थित गर्ने योजना

अध्यक्ष भट्टले आईपीओ स्वीकृतिको प्रक्रियासँगै बोर्डका अन्य कामलाई पनि प्रक्रियागत रूपमा व्यवस्थित गर्ने बताएका छन् । उनले पुँजी बजारमा कम्पनीहरूले लगानीकर्तालाई दिनुपर्ने सूचना तथा ‘डिस्क्लोजर’ समयमै उपलब्ध गराउनुपर्ने बताए । कम्पनीले नियामकीय दायित्व पूरा नगरे आवश्यक कारबाही गरिने उनको भनाइ छ ।

बोर्डले मार्जिन कारोबारको प्रणाली विस्तार, नयाँ वित्तीय उपकरणको विकास तथा साना लगानीकर्तालाई म्युचुअल फन्डमार्फत लगानीमा सहभागी गराउने विषयमा समेत काम गरिरहेको अध्यक्ष भट्टले जानकारी दिए । उनका अनुसार आगामी दिनमा नयाँ नीति तथा कार्यप्रणाली बनाउँदा लगानीकर्ता, सूचीकृत कम्पनी, ब्रोकर तथा अन्य सरोकारवालासँग छलफल गरेर अघि बढाइनेछ ।

प्रकाशित: २०८३ असोज १४ गते बुधबार १२:४४
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना