२०८३ कार्तिक १३ गते बिहिबार

मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछः मन्त्री साह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १६
udhyog mantri

काठमाडौँः विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उपभोग्य वस्तुको गुणस्तर, मूल्य निर्धारण, आपूर्ति, बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षणका विषयमा छलफल भएको छ।

शुक्रबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मन्त्रालयको कार्यक्षेत्र उद्योगको उत्पादनदेखि आम नागरिकको भान्सासम्म प्रत्यक्ष जोडिएको भन्दै उत्पादन बढाउने, अनावश्यक आयात निर्भरता घटाउने, आपूर्ति प्रणाली सुरक्षित बनाउने र उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्षेत्र निकै व्यापक छ । तर यसको प्रत्यक्ष सम्बन्ध उद्योगको उत्पादनदेखि आम नागरिकको भान्सासम्म छ । त्यसैले हाम्रो सोच स्पष्ट हुनुपर्छ– उत्पादन बढाउने, आयातमा रहेको अनावश्यक निर्भरता घटाउने, आपूर्ति प्रणालीलाई सुरक्षित बनाउने र उपभोक्ताको अधिकार सुनिश्चित गर्ने,’ उनले भने।

मन्त्री साहले पछिल्लो समय आम नागरिकले प्रत्यक्ष अनुभव गरेको प्रमुख समस्या एलपी ग्यासको आपूर्ति रहेको बताए। ग्यास आपूर्तिलाई बुलेटको संख्यामा मात्र सीमित नगरी समग्र आपूर्ति प्रणालीकै रूपमा हेरेर काम भइरहेको उनले जानकारी दिए।

समस्या पहिचानका लागि प्राविधिक विश्लेषण प्रयोग भइरहेको बताउँदै उनले आयात, ढुवानी, सडक, रिफिलिङ क्षमता, भण्डारण, वितरण, मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन तथा सुरक्षालगायत पक्षको अध्ययन भइरहेको बताए।

एलपी ग्यास आपूर्तिसम्बन्धी रणनीति तत्काल, मध्यम र दीर्घकालीन गरी तीन तहमा अघि बढाइएको उनको भनाइ छ।

‘हाम्रो रणनीति तीन तहमा छ । तत्काल राहत, मध्यम अवधिमा प्रणाली सुधार र दीर्घकालीन ऊर्जा सुरक्षा, एलपी ग्यासको भण्डारण क्षमता बढाउने, बोटलिङ तथा वितरण क्षमता सुधार गर्ने र आपत्कालीन मौज्दातको व्यवस्था गर्ने विषयमा पनि सरोकारवालासँग निरन्तर छलफल भइरहेको छ,’ उनले भने।

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको मन्त्री साहले बताए। नेपाल उपभोगका लागि मात्र आयात गर्ने अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ जानुपर्नेमा उनले जोड दिए।

नेपालमा धान तथा मकै उत्पादनको तथ्याङ्क रहे पनि त्यसको यथार्थ अवस्था पहिचान गर्न स्याटेलाइट म्यापिङमार्फत अध्ययन गर्ने तयारी भइरहेको उनले बताए।

‘नेपालमा सन् २०२१/२२ को तथ्याङ्कअनुसार करिब ५१ लाख मेट्रिक टन धान र ३१ लाख मेट्रिक टन मकै उत्पादन भएको थियो । तर यो तथ्याङ्कमै विश्वास गर्ने अवस्था छैन । यसको लागि हामीले स्याटेलाइट म्यापिङबाट उत्पादनको नापजाँच गर्ने पहल गर्न कोसिस गर्दैछौँ,’ उनले भने।

मकैलाई उत्पादन, प्रशोधन र उपभोगको आधुनिक मूल्य शृङ्खलासँग जोड्नुपर्नेमा पनि मन्त्री साहले जोड दिए।

बजार अनुगमनको उद्देश्य व्यवसायीलाई त्रसित बनाउने नभई स्वच्छ प्रतिस्पर्धा कायम गर्नु र उपभोक्ताको अधिकार सुनिश्चित गर्नु रहेको उनले बताए। कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान रूपमा कारबाही हुने उनको भनाइ छ।

मन्त्री साहले हालै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको विषय पनि समितिमा उल्लेख गरे। बजार अनुगमनलाई तथ्यांकमा आधारित र जोखिममा केन्द्रित बनाउने तयारी भइरहेको उनले जानकारी दिए।

दीर्घकालीन रूपमा नेपाललाई आयात गरेर उपभोग गर्ने अर्थतन्त्रबाट आफ्नै उत्पादन गरेर उपभोग गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने मन्त्री साहले बताए। बाँझो तथा कम उपयोग भएको जमिनमा मकै, कोदो, फापरलगायत स्थानीय तथा पोषणयुक्त बालीको उत्पादन र प्रशोधन बढाउनुपर्ने उनको भनाइ छ।

खाना पकाउन आयातित एलपी ग्यासमा निर्भरता घटाउँदै स्वदेशी विद्युत्को खपत बढाउनुपर्नेमा पनि मन्त्री साहले जोड दिए।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय ग्रिडको पहुँच ९७.६ प्रतिशत पुगेको र प्रतिव्यक्ति विद्युत् खपत ४६५ युनिट पुगेको तथ्याङ्क उल्लेख गर्दै उनले स्वदेशी विद्युत्को खपत बढाउनुपर्ने बताए।

बैठकमा उद्योग सचिवलगायत समितिका सदस्यहरूले उपभोग्य वस्तुको आपूर्ति, मूल्य नियन्त्रण, बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षणका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २०८३ असोज १६ गते शुक्रबार ०६:३६
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना