२०८३ कार्तिक ११ गते मङ्गलबार

भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
flood_bhotekoshi

काठमाडौं। नेपाल र चीनको सिमाना हुँदै भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ। नेपाली वैज्ञानिकसँग मिलेर विपद्को स्रोत, विकासक्रम र प्रभावको स्थलगत अध्ययन गर्न चीनीयाँ वैज्ञानिकहरु नेपाल आएका हुन्।

गत अगस्ट २६ मा नेपालको उत्तरी क्षेत्रमा हिमनदी भत्किँदा सुरु भएको हिमपहिरो तथा माटो–ढुंगाको बहाव सीमापार फैलिएको थियो । त्यसबाट चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको ग्यिरोङ बन्दरगाहसहित नेपालतर्फ १०० किलोमिटरभन्दा बढी क्षेत्रमा क्षति पुगेको थियो।

चीन युनिभर्सिटी अफ जियोसाइन्सेस (बेइजिङ)को नेतृत्व तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सहकार्यमा संयुक्त वैज्ञानिक अभियान सञ्चालन हुन लागेको हो। अभियानमा नेपाल र चीनका १० भन्दा बढी विश्वविद्यालय तथा अनुसन्धान संस्थाका ५० भन्दा बढी वैज्ञानिक सहभागी छन्।

चिनियाँ वैज्ञानिक टोली आइतबार सिचुआन प्रान्तको छेन्दुबाट नेपालका लागि प्रस्थान गरी सोही दिन काठमाडौं आइपुगेको हो । करिब २० दिन सञ्चालन हुने अभियानमा नेपालको विपद्को स्रोत क्षेत्रदेखि चीनमा प्रभावित क्षेत्र तथा हिमालयबाट बग्ने नदी प्रणालीका तल्लो तटीय क्षेत्रसम्म अध्ययन गरिनेछ।

वैज्ञानिकहरूले ड्रोन, हेलिकोप्टर तथा स्थलगत भूगर्भीय नक्सांकन र नमुना संकलनमार्फत विपद्को क्रमिक विकासको अध्ययन गर्नेछन्। प्रारम्भिक हिम–चट्टान खस्ने घटनाबाट कसरी मलबे बहाव, मलबे बाढी हुँदै बाढीको रूप लियो भन्ने विषयमा वैज्ञानिक पुनर्निर्माण गरिनेछ । त्यसैगरी, विपद्को मार्गमा भएको भूक्षय, ढुंगा–माटोको बहाव, सञ्चय तथा नदी प्रणालीमा परेको प्रभावसमेत अध्ययन गरिनेछ।

विपद् सीमापार फैलिएकाले कुनै एक देशमा मात्रै गरिएको अध्ययनबाट यसको पूर्ण शृंखला पहिचान गर्न कठिन हुने वैज्ञानिकहरूको भनाइ छ । त्यसैले नेपालको स्रोत क्षेत्रमा गरिने संयुक्त स्थलगत अध्ययनले विपद्को सुरुवाती घटनादेखि चीनसम्म पुगेको प्रभावको समग्र शृंखला पहिचान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

अध्ययनबाट प्राप्त निष्कर्षले विपद्को वैज्ञानिक पुनर्निर्माणसँगै चीनको ग्यिरोङ बन्दरगाहको पुनःस्थापना तथा पुनर्निर्माणमा समेत वैज्ञानिक आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ । साथै, जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दो विपद् जोखिम व्यवस्थापनका लागि समेत अध्ययन उपयोगी हुने बताइएको छ। सीसीटीभी

प्रकाशित: २०८३ असोज १९ गते सोमबार ०१:५४
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना