२०८३ असोज २८ गते बुधबार

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
photo-5_c420120d

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली श्रमिक पठाउने व्यवस्था गर्न लागिएको भन्दै आपत्ति जनाएको छ।

संघले पत्रकार सम्मेलन गर्दै पारदर्शी मापदण्डबिना व्यक्तिगत पहुँच र अनधिकृत चलखेलका आधारमा सीमित संस्थालाई छनोट गरी अन्य वैधानिक रूपमा इजाजतप्राप्त व्यवसायीलाई बाहिर राख्ने प्रयास स्वीकार्य नहुने जनाएको हो।

संघका अनुसार मलेसिया नेपाली श्रमिकका लागि महत्वपूर्ण श्रम गन्तव्य भएकाले रोजगारी खुला हुनुपर्ने भए पनि मलेसिया खुलाउने नाममा सिन्डिकेट स्वीकार गर्न नसकिने उसको धारणा छ।

मलेसिया बन्द गर्नु आफ्नो उद्देश्य नभएको भन्दै संघले श्रमिकलाई मलेसिया जाने अवसर यथावत् राख्दै सिन्डिकेटरहित प्रणाली बनाउनुपर्ने माग गरेको छ।

संघले सीमित संस्थालाई मात्र कामदार पठाउने अधिकार दिने व्यवस्था भए त्यसले नेपालको श्रम आप्रवासन क्षेत्रमा दीर्घकालीन असर पार्ने दाबी गरेको छ।

सरकारले कानुन बनाएर इजाजत दिएका करिब १ हजार २०० वैदेशिक रोजगार व्यवसायीमध्ये सीमित संस्थालाई मात्र विदेशी निजी प्रणालीमार्फत छनोट गर्ने अवस्था सिर्जना हुनु राज्यको नियमनकारी अधिकारसँग जोडिएको विषय भएको संघको भनाइ छ।

संघले मलेसियाबाट सुरु हुने यस्तो अभ्यास भविष्यमा अन्य श्रम गन्तव्यमा समेत दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

विगतमा विभिन्न मुलुकमा लागू भएका मेडिकल, बायोमेट्रिक, भिसा तथा अन्य प्रक्रियामा सीमित प्रणाली र एकाधिकारका कारण समस्या देखिएको उल्लेख गर्दै संघले त्यसबाट पाठ सिक्नुपर्ने जनाएको छ।

सीमित संस्थाको नियन्त्रणमा श्रमिक पठाउने व्यवस्था भए प्रतिस्पर्धा घट्ने, लागत बढ्ने, पारदर्शिता कमजोर हुने तथा अनौपचारिक रकम असुली बढ्न सक्ने संघको दाबी छ। त्यसको प्रत्यक्ष असर अन्ततः नेपाली श्रमिकमाथि पर्ने संघले जनाएको छ।

संघले ‘एफडब्लुसीएमएस’ मा सूचीकृत हुनका लागि भएको भनिएका केही आर्थिक कारोबारबारे समेत छानबिन गर्न माग गरेको छ।

ती कारोबारसम्बन्धी सूचना सत्य वा असत्य भन्ने निर्णय संघले नगर्ने भन्दै सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने संघको भनाइ छ।

संघले वैदेशिक रोजगार क्षेत्रलाई सिन्डिकेटमुक्त र प्रतिस्पर्धात्मक बनाउनुपर्नेमा जोड दिँदै नेपालको वैदेशिक रोजगार बचाउने कि सिन्डिकेट बचाउने भन्ने प्रश्न सरोकारवालासमक्ष उठाएको छ।

संघका अध्यक्ष डिकबहादुर (कुमार) ले मलेसिया आवश्यक भए पनि सिन्डिकेट आवश्यक नभएको, खुला श्रम बजार आवश्यक भए पनि एकाधिकार स्वीकार्य नहुने बताए। उनका अनुसार वैदेशिक रोजगार आवश्यक भए पनि नेपालको कानुन र राज्यको नियमनभन्दा माथि कुनै निजी प्रणाली वा समूहलाई स्थापित गर्न नहुने संघको धारणा छ।

अध्यक्ष डिकबहादुरले मलेसियामा सुरु गर्न खोजिएको भनिएको यस्तो अभ्यासलाई रोक्न नसकिए भविष्यमा अन्य श्रम गन्तव्यमा समेत त्यस्तै व्यवस्था दोहोरिन सक्ने दाबी गरे।

उनले यो विषय नेपाल वैदेशिक रोजगार व्यवसायी संघ वा व्यवसायीको मात्र नभई नेपालको श्रम आप्रवासनको भविष्य र राज्यको अधिकारसँग जोडिएको विषय भएको बताए।

संघले सिन्डिकेटविरुद्ध एकजुट हुन तथा श्रमिकको अधिकार, खुला श्रम बजार र नेपालको कानुनको पक्षमा उभिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

 

प्रकाशित: २०८३ असोज १९ गते सोमबार ०६:३५
प्रतिक्रिया

थप समाचार

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

मलेसियाको रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति दिने व्यवस्था स्वीकार्य छैनः पूर्वअध्यक्ष वाग्ले

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स...

घले दम्पतिले दिने भए भोटेकोशीका बाढीपीडित बालबालिकाका लागि ५७ करोड ८५ लाख

सिड्नी। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय बाल अधिकार...

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

टेक्सस: टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन्। ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका लामा...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना