२०८३ कार्तिक १५ गते शनिवार

जहाँ घरघर पुग्छन् स्वास्थ्यकर्मी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १३
home_health

कमलामाई- उमेर ढल्कियो। तन्नेरी रसरङ सकियो। श्रीमान् १० वर्ष पहिल्यै बित्नुभयो। सन्तान र आफन्तको साथ भएन। बुढ्यौलीले गलेको शरीर अनेक रोगले थलियो। यो वास्तविक भोगाई सिन्धुलीको सुनकोशी गाउँपालिका–१ की ९६ वर्षीया ठूलीमाया घिसिङको हो। घ्याम्पाटार सामुदायिक स्वास्थ्य एकाइ प्रमुख तथा अहेव विनाकुमारी यादव घरको पेटीमा गुन्द्री ओछ्याएर सुतिरहेकी थिइन्। मयलले कट्कटिएको वस्त्र र शरीरबाट दुर्गन्ध आइरहेको थियो। रोगले शिथिल भएको शरीर वरिपरि झिँगा भन्किरहेका थिए।

स्वास्थ्यकर्मी यादवले बिरामी ठूलीमायाको स्वास्थ्य जाँच गरिन्। रोगले मात्रै होइन, भोकले पनि कमजोर बनाएको रहेछ। सामान्य बिरामी र दीर्घरोगीहरुलाई खुवाउने औषधि तथा स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामग्री बोकेको झोलामा भोक मेटाउने औषधि थिएन। न त थियो, फेराइदिने सुकिलो लुगा। काइँयो खोजेर कपाल भने कोरिदिइन्। सफा भएर बस्न सुझाइन्। ज्वरो र पखालाले सिकिस्त ठूलीमायालाई औषधि दिएर अरू घरका बिरामीको स्वास्थ्य जाँच तथा उपचारमा लागिन्।

घिसिङ टोलकै असलीमाया मोक्तानको सासूआमा ६८ वर्षीया माया मोक्तानलाई बाहिर–भित्र गर्नसमेत समस्या छ। बिरामी परिरहने उहाँलाई उपचारका लागि कुशेश्वर दुम्जा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेव पियारी मोक्तान आउँछिन्। बेलाबेलामा फोन गरेर पनि स्वास्थ्य अवस्था बुझ्ने गरेको असलीमायाले सुनाइन्।

‘सासूआमा हिँड्डुल गर्न सक्नुहुन्न। बिरामी परिरहनु हुन्छ। नजिकै भनेको स्वास्थ्य एकाइ पुग्न पनि दुई घण्टा लाग्छ। सवारी साधनको सहज सुविधा नहुँदा डोकोमा बोकेर लैजाने गरेको थियौँ,’ उनले भनिन्, ‘अहिले त वडाले बेलाबेलामा स्वास्थकर्मी घरघरमै पठाउने वा फोन गरेर बिरामीको स्वास्थ्य अवस्था बुझ्न लगाउने गरेकाले सजिलो भएको छ।’

घरभित्र–बाहिर गर्ने क्रममा लडेर ९२ वर्षीय बुद्धिमान मोक्तानको दाहिने आँखामा गहिरो चोट लाग्यो। त्यो बेला साथमा कोही थिएनन्। स्वास्थ्यकर्मी पियारीले घाउमा टाँका लगाइदिइन्। घाउ निको बनाउन मल्हम दिइन्। सरसफाइ राख्न र कुनै समस्या आए सम्पर्क गर्न भनेर अरु बिरामीको सेवामा खटिइन्।

कुशेश्वर दुम्जा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेव पियारीका अनुसार सुनकोशी गाउँपालिका–१ को वडा कार्यालयले हप्ताको एक पटक गाउँघर क्लिनिकअन्तर्गत टोलटोलमा प्राथमिक उपचार तथा सहायता कक्षा स्थापना गरेर सेवा प्रवाह गर्दै आएको थियो। सोही कार्यक्रमलाई थप प्रभावकारी बनाउन हप्ताको एक पटक घरघरमा पुगेर सेवा दिन थालिएको छ। गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला वा पुरुष र अपाङ्गता भएकाहरुलाई लक्षित गरेर घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्न थालिएको उनले बताइन्।

‘हामी घरघरमा पुगेपछि आवश्यकताअनुसार सबैले सेवा लिनुहुन्छ। यो सेवाको विशेष लाभग्राही गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला वा एकल पुरुष र अपाङ्गता भएकाहरु नै हुनुहुन्छ, उहाँहरुको हकमा वडाको यो अभियान निकै प्रभावकारी देखिएको छ,’ उनले भनिन्। वडा कार्यालयभित्र स्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य एकाईमा गरी तीन अहेव र तीन अनमी कार्यरत छन्।

घुम्ती शिविरमा उनीहरु पालैपालो प्रत्यके शुक्रबार दुई/दुई जना बाँडिएर घरघरमा सेवा दिन जाने गरेका छन्। गत फागुनदेखि सुरु गरिएको यो सेवा हालसम्म दुई सय ९७ जना बिरामीले लिइसकेका छन्।

स्थानीय तहको गत निर्वाचनमा वडाध्यक्षको पदका लागि मत माग्न घरदैलो गर्ने क्रममा विविध कारणले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका बिरामीहरु प्राथामिक उपचार पाउनबाट समेत वञ्चित भएका, सामान्य बिरामी हुँदा समयमै उपचार नपाएर ठूलो जोखिममा रहेका लगायतका समस्या बाक्लै देखेकाले सुनकोसी गाउँपालिकामै पहिलो पटक आफ्नो वडाले यस प्रकारको सेवा प्रवाहमा जोड दिएको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए।

दक्ष चिकित्सक तथा गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव रहेको हाम्रो जस्तो क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुन सक्ने र क्षमताअनुसारको स्वास्थ्य सेवा सहज रुपमा प्रवाह गर्ने प्रयास भएको उनको भनाइ छ। वडा कार्यालयको पहल तथा प्रयासमा उपलब्ध भएको घुम्ती शिविर सेवाले वडाबासीमा स्थानीय सरकार र जनप्रतिनिधिप्रति सकारात्मक भावना जगाएको छ।

वडावासी ठूलबहादुर मोक्तान स्वास्थ्यकर्मीले घरघरमै पुगेर स्वास्थ्य परिक्षण र औषधि वितरण गर्नुले स्थानीय सरकारप्रति भरोसा बढेको बताउँछन्। ‘आफैँ स्वास्थ्य संस्था धाउन नसक्ने दीर्घरोगी र असक्त नागरिकलाई सेवा दिन वडाले औषधिसहित स्वास्थ्यकर्मी घरघरै पठाउन थालेको कुराले खुशी लागेको छ’, उनले भने। सुनकोशी गाउँपालिकामा सात वटा वडा छन्। हप्ताको एक पटक अनिर्वाय घुम्ती शिविरमार्फत स्वास्थ्य सेवा प्रवाह गर्ने वडा नम्बर १ पहिलो वडा हो।

प्रकाशित: २०८० असार १३ गते बुधबार ०८:२०
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना