काठमाडौँ: सरकारले चक्रबहादुर बुढालाई सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवाको रिक्त एक सचिवमा बुढालाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बुढा महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव हुन्।
राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ अनिवार्य अवकाशमा गएपछि रिक्त स्थानमा बुढा बढुवा भएका हुन्।
