काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदानको समय सारिएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुनेछ।
महाधिवेशनको पाँचौँ दिन नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुन लागेको हो। मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुनेछन्। मतदानबाट कांग्रेसको नयाँ सभापतिसहित केन्द्रीय कार्यसमिति चयन हुनेछ।
