काठमाडौं। सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ।
एआईजी दाहाललाई सेवाबाट बर्खास्त गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी जानकारी दिए।प्रवत्ता काफ्लेका अनुसार छानबिन प्रतिवेदन आएपछि उनलाई बर्खास्त गरिएको हो।
सरकारको संवेदनशील सूचना चुहाएको आरोपमा एआईजी दाहाललाई सोमबार पदबाट निलम्बन गरेको थियो।
उनलाई आजैबाट लागू हुनेगरी बर्खास्त गरिएको प्रवत्ता काफ्लेले बताएका छन्। पदीय आचरणविपरित काम गरेको अभियोगमा उनलाई विभागीय कारबाही गरिएको हो।
यसअघि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेको थियो।
एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार मन्त्रालयमा बुझाएको प्रतिवेदनमा एआईजी दाहालले आचरण विपरीतको कार्य गरेको निष्कर्षसहित सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो।
असोज ११ गते बिहान अनुमति नलिई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको आरोप दाहालमाथि लागेको थियो।
जबरालाई सुरक्षा चुनौती भएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले मध्यराति घरबाट प्रहरीकहाँ ल्याएको थियो। सोही विषयमा उनलाई निलम्बन गरेर छानबिन थालिएको थियो ।


