२०८३ असोज २९ गते बिहिबार

नेप्सेमा वृद्धि कायमै, कुमारी बैंकको  कारोबार उच्च  

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २६
nepse

काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको बजारले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। गत शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँबराबरका १ करोड २७ लाख १९ हजार कित्ता सेयर किनबेच भएका छन्।

सोमबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभल १४.९९ प्रतिशतले बढेको छ।  यता, रिज लाइन इनर्जीको सेयरमूल्य सर्वाधिक ६.२९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २५ करोड १९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

प्रकाशित: २०८३ असोज २६ गते सोमबार ०३:५६
प्रतिक्रिया

थप समाचार

संस्थागत लगानीकर्ता बढाउने बोर्डको योजना, सेयर बजारमा अब ‘ठूला खेलाडी’ थपिँदै

काठमाडौँः नेपालको सेयर बजारमा व्यक्तिगत लगानीकर्ताको बाहुल्यता घटाउँदै ठूला तथा दीर्घकालीन संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तयारी भएको छ। नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता...

नेप्से बढ्दा कारोबार रकममा पनि सुधार, घलेम्दी हाइड्रोको कारोबार उच्च

काठमाडौँः मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा पुगेको छ। परिसूचकसँगै यस दिन सेयर कारोबार रकम पनि बढेको छ। सोमबार ४ अर्ब ४६ करोड रुपैयाँबराबरको...

एनएमबी बैंकको २ लाख ७८ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौँः एनएमबी बैंक लिमिटेडका संस्थापक सेयरधनी पशुपति भेन्चर लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ लाख ७८ हजार ४६० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। उक्त सेयर खरिद गर्न इच्छुक बैंकका...

सेयर बजार सुधार गर्न २ नयाँ ऐन ल्याउँदै सेबोन

प्रस्तावित कानुनमध्ये एउटा बजारका विभिन्न क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यमा केन्द्रित छ। यसले पुँजी बजारका पूर्वाधार, ब्रोकर सेवा, मर्चेन्ट बैंकिङ, म्युचुअल फन्ड तथा सेयर र बन्ड बजारलाई...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना