२०८३ असोज २६ गते सोमबार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]
 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २६
aalaichi_ilam

ताप्लेजुङ: ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ। प्रतिमन (४० किलोग्राम) को रु ८४ हजारका दरले कारोबार भइरहेको छ।

चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ। एक साताअघि रु ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर रु ८४ हजारमा कारोबार भइरहेको व्यवसायीले बताएका छन्।

नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो। सिजनको सुरुआती समयमा अलैँचीको मूल्य रु ९६ हजारमा कारोबार भएको थियो।

अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ। उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उनले बताए।

‘ओसिलो क्षेत्रको अलैँचीले सुरुआती समयमा राम्रो मूल्य पायो। त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन रु ८४ हजारमा कारोबार भइरहेको छ,’ उनले भने।

ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ। यहाँको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रभाव पार्ने गरेको छ।

नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै अलैँचीको मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ।

प्रकाशित: २०८३ असोज २६ गते सोमबार ०५:३९
प्रतिक्रिया

थप समाचार

नदीजन्य पदार्थको राजस्व चुहावट गर्नेलाई जनप्रतिनिधिकै संरक्षण

नदीजन्य पदार्थको व्यवस्थापन र नियमन गर्ने जिम्मेवारी पाएका स्थानीय तहका जनप्रतिनिधि नै अनियमिततामा संलग्न हुँदा व्यवसायीको मनोमानी हावी भएको छ।

दशैँका लागि गाउँ फर्किनेहरू बढे, ९ दिनमा २ लाख ७ हजारले छाडे काठमाडौँ

काठमाडौँ: बडादशैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। दशैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू...

प्रहरीलाई कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ:  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन...

‘बूढीगण्डकी बाढीको वास्तविक कारण पुष्टि गर्न प्राविधिक अध्ययन जरुरी छ’

काठमाडौँ: वातावरण पत्रकार एवं नदी अध्येता रमेश भुसालले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढी पहिरोले नदी केही समय थुनिएर एक्कासी खुलेका कारण आएको हुन सक्ने प्रतिक्रिया दिएका छन्। उनले पछिल्लो...

बुढीगण्डकीमा बाढीः ४७ जनाको सकुशल उद्धार, पुल र जलविद्युत् आयोजनामा ठूलो क्षति

काठमाडौँः गोरखाको बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरिएको छ। बाढीका कारण विभिन्न स्थानमा पुल, घर तथा जलविद्युत् आयोजनाका संरचनामा...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना