२०८३ असोज ३० गते शुक्रबार

एफएनसीसीआईको प्रतिनिधिमण्डलद्वारा पूर्वाधारमन्त्रीसँग भेट,नीतिगत सुधार र व्यवसायमैत्री वातावरण वातावरण बनाउन माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
foto_123

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरि निजी क्षेत्रले भोगिरहेका समस्या, नीतिगत सुधार र अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा छलफल गरेको छ।

सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको क्रममा महासंघका अध्यक्ष श्रेष्ठले मुलुकमा लगानीको वातावरण निर्माण, व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइको समाधान, बाढीपहिरोपछि प्रभावित आर्थिक गतिविधिको पुनरुत्थान र निर्यात प्रवद्र्धनका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा राखे।

भेटमा मन्त्री लम्सालले महासंघले उठाएका विषयप्रति सकारात्मक प्रतिक्रिया दिँदै आर्थिक विकास, समृद्धि र व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधार लगायतका काम भइरहेको बताए।

निजी क्षेत्रले भोगिरहेका समस्या र सुधार गर्नुपर्ने विषयलाई स्पष्ट रूपमा सरकारसमक्ष राख्न आग्रह गर्दै उनले आर्थिक गतिविधि विस्तारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

“निजी क्षेत्रका समस्याहरु के के छन्। के कस्ता कानूनी सुधार गर्दा देशमा आर्थिक गतिविधिबढ्छ। रोजगारी सिर्जना हुन्छ। अर्थतन्त्र चलायमान हुन्छ। सरकार त्यो गर्न तयार छ। ती समस्या निजी क्षेत्रले खुलस्त राखोस” उनले भने। मन्त्री लम्सालले स्थानीय उद्योगहरुको प्रवद्र्धन तथा दीगो सञ्चालनका लागि तत्पर रहेको समेत बताए।

अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय सञ्चालनमा देखिएका समस्याको समाधान, लगानीमैत्री नीति तथा कानुनी व्यवस्था, पूर्वाधार विकास र निजी क्षेत्रको मनोबल अभिवृद्धिमा सरकारको ध्यानाकर्षण गराए।

“सरकार सबैको अभिभावक हो। निजी क्षेत्र उत्पादन र उत्पादकत्व वृद्धि, निर्यात विस्तार तथा रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई गतिशील बनाउन सधैं तयार छ। यसका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक छ” उनले भने।

अध्यक्ष श्रेष्ठले उद्योगी–व्यवसायीले भोगिरहेका नीतिगत, प्रशासनिक तथा व्यावहारिक समस्याको पहिचान गरी समाधान गर्न र लगानी विस्तारमा देखिएका अवरोध हटाउन सरकारसँग आग्रह गरेका छन्।

बाढीपहिरोजस्ता प्राकृतिक विपद्पछि प्रभावित उद्योग, व्यवसाय, आपूर्ति प्रणाली तथा पूर्वाधारको पुनःस्थापना गर्दै आर्थिक गतिविधिलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहजीकरण गर्नुपर्ने विषयमा पनि महासंघले जोड दिएको थियो।

महासंघले निजी क्षेत्रका समस्या र सुझावलाई सरकारसमक्ष निरन्तर प्रस्तुत गर्दै नीतिगत सुधार, लगानी प्रवद्र्धन, उद्योग व्यवसायको विकास तथा समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि पहल गर्दै आएको छ।

प्रकाशित: २०८३ असोज २९ गते बिहिबार ०६:२६
प्रतिक्रिया

थप समाचार

विद्युत व्यापार गर्न ११ कम्पनीको प्रस्ताव, आशयपत्र दिँदै सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताएका छन्।

१३२ केभी चोभार सबस्टेसन दशैंलगत्तै सञ्चालन गरिने

काठमाडौं। काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको १३२/११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। कीर्तिपुर नगरपालिका–६...

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा, आशयपत्र दिने तयारी

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आशयपत्र (एलओआई) दिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइन, किमाथांकामा यसै वर्ष विद्युत् पुर्‍याउने लक्ष्य

काठमाडौँः संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३ हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको छ । राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु भएसँगै यस क्षेत्रमा...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...
urja
पूर्वाधार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा, आशयपत्र दिने तयारी

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आशयपत्र (एलओआई) दिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना