२०८३ कार्तिक १८ गते मङ्गलबार

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १७
supreme

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि गम्भीर न्यायिक विचलन, बिचौलियासँगको अस्वाभाविक साँठगाँठ र भ्रष्टाचार तथा पदीय आचरणविपरीतको कसुरको आरोप लागेपछि सर्वोच्चको पूर्ण बैठक बसेको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्धमा रहेको र न्यायाधीशदेखि थुनुवासम्मको नेक्सस (सम्पर्क) मिलाउने गरेको आरोपमा अनुसन्धानको क्रममा हिरासतमा रहेका इनम सापकोटासँग सर्वोच्चका प्रधानन्यायाधीश शर्मा तथा न्यायाधीश फुयालबीचको अस्वाभाविक सम्पर्क र आर्थिक लेनदेनको आरोप छ।

नयाँ पत्रिका दैनिक र दियोपोस्टले न्यायिक विचलन देखिनगरी प्रधानन्यायाधीश र न्यायाधीशको इनमसँगको ह्वाट्सएप संवाद र केही कागजातहरू सार्वजनिक गरेका थिए। उक्त विषयमा सरकारले निर्णय लिन बाँकी छ।

न्यायाधीश फुयालले सापकोटासँग भेट भएको स्वीकार गरे पनि उनलाई प्रधानमन्त्रीको प्रतिनिधि ठानेर भेटेको र पछि शंका लागेपछि सम्बन्धित निकायलाई जानकारी गराएको दाबी गरेका छन्। प्रधानन्यायाधीश शर्माले भने सापकोटासँग कुनै सम्बन्ध वा चिनजान नरहेको भन्दै आरोपको खण्डन गरेका छन्।

सर्वोच्चको पूर्ण बैठकले प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालको नाम जोडेर पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पूर्ण बैठकले न्यायाधीशहरूसँग सम्बन्धित विषयमा समाचार सम्प्रेषण गर्दा तथ्य, प्रमाण र सन्तुलनलाई ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गरेको हो।

पूर्ण बैठकले न्यायपालिका सार्वजनिक विश्वास र भरोसामा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशित गर्दा आमनागरिक तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर पर्ने निष्कर्षमा पुग्नुअघि आवश्यक छानबिन हुनुपर्ने जनाएको छ। त्यस्ता समाचारले न्याय सम्पादनको कार्यमा अवरोध पुग्न सक्नेतर्फ पनि अदालतले ध्यानाकर्षण गराएको छ।

बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो दृढ विश्वास र प्रतिबद्धता रहेको स्पष्ट पारेको छ। सार्वजनिक रूपमा आएका विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढंगले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न आफूहरू प्रतिबद्ध रहेको निर्णयमा उल्लेख छ।

त्यसैगरी सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा संविधान र कानुनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न र आवश्यक सहयोग गर्न पनि पूर्ण बैठकले प्रतिबद्धता जनाएको छ।

न्यायपालिकासम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा तथ्यपरक, सन्तुलित र प्रमाणमा आधारित हुनुपर्ने भन्दै अदालतले न्याय सम्पादनको काममा अवरोध नपुग्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

प्रकाशित: २०८३ कार्तिक १७ गते सोमबार ०२:००
प्रतिक्रिया

थप समाचार

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

गोलबजारका पूर्वमेयर तेलीसहित ७ जनाविरुद्ध १ करोड ६० लाखको मुद्दा

काठमाडौँ: सिरहाको गोलबजार नगरपालिका पूर्वमेयर देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तेलीसहित तत्कालीन उपप्रमुख...

किन पक्राउ परे लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट ?

काठमाडौँ: लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार साँझ उनलाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। उच्च तहको ‘सेटिङ’ (फिक्सिङ)...

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना