काठमाडौँ: लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार साँझ उनलाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो।
उच्च तहको ‘सेटिङ’ (फिक्सिङ) र विभिन्न विवादास्पद प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग कनेक्सनको आशंकामा भट्टलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार सापकोटासँगको कनेक्सन देखिएपछि भट्टलाई नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान भैरहेको छ।


