काठमाडौँ: विशेष अदालतले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई थुनामा पठाउन आदेश गरेकाे छ। न्यायाधीशत्रय वाशुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउन आदेश गरेकाे हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मंगलबार थुनछेक बहसपछि अग्रवाललाई इजलासले थुनामा पठाउन आदेश गरेको हो।
यसअघि बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई उच्च अदालत, पाटनले थुनामा पठाएको थियो।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि अग्रवाललाई सर्वोच्चले धरौटीमा छाड्न आदेश गरेको थियो।
सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले गत भदौ ३१ गते अग्रवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो।
