२०८३ कार्तिक २६ गते बुधबार

नवलपुरमा २०४ उद्योग थपिए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २६
industry

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य फर्म दर्ता भएका हुन्।

एकीकृत सेवा कार्यालय कावासोती कार्यालयका सूचना अधिकारी ज्ञानप्रसाद भुसालका अनुसार जिल्लामा उद्योगतर्फ ९२ वटा नयाँ उद्योग दर्ता हुँदा ६२ वटा उद्योगको लगत कट्टा (बन्द) गरिएको छ। त्यस्तै यस अवधिमा जिल्लामा ४९७ वटा उद्योगहरू नवीकरण गरिएका उनले जानकारी दिए। कात्तिक १३ गतेसम्म जिल्लामा ४४ उद्योगले संशोधन (उद्योगको पुरानो दर्ताको नाम तथा पुँजीसहितका विवरण परिवर्तन) गरेका छन्।

त्यसैगरी, जिल्लामा साढे तीन महिनाको अवधिमा ११२ वटा नयाँ वाणिज्य फर्म थपिँदा १११ वटा फर्मले लगत कट्टा गरेका सूचना अधिकारी भुसालले जानकारी दिए। यस अवधिमा जिल्लामा ६५० वटा वाणिज्य फर्महरू नवीकरण गरिएका छन्। ६० वटा वाणिज्य फर्मले संशोधन गरेका छन्।

उद्योगतर्फ असोजमा ३३, भदौमा २९, साउनमा २३ तथा कात्तिकमा सातवटा नयाँ उद्योग दर्ता भएका थिए। त्यस्तै वाणिज्य फर्मतर्फ साउन र भदौमा समान ३८, असोजमा २६ तथा कात्तिकमा १० वटा नयाँ वाणिज्य फर्म दर्ता भएका थिए।

कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हाल ६ हजार ७९९ वटा उद्योग रहेका भन्दै सूचना अधिकारी भुसालले साना उद्योग सबैभन्दा बढी पाँच हजार ८८६ वटा रहेका जानकारी दिए। त्यस्तै, घरेलु उद्योग ८९९, लघु उद्योग १३ तथा मझौला उद्योग एउटा रहेको उनको भनाइ छ। जसमध्ये सातवटा पब्लिक लिमिटेड, १९७ वटा साझेदारी उद्योग, ३२१ वटा प्रालि कम्पनी एवं छ हजार २७३ वटा निजी फर्म रहेका छन्।

जिल्लामा कृषि तथा वन पैदावारमा आधारित उद्योगको सङ्ख्या दुई हजार ९४०, दुई हजार ६०० वटा सेवामूलक उद्योग, एक हजार २९ वटा उत्पादनमूलक उद्योग, १२४ वटा ऊर्जामूलक उद्योग, ३७ वटा निर्माण उद्योग, २४ वटा सूचना तथा प्रविधिमा आधारित उद्योग, १६ वटा पर्यटन उद्योग एवं आठवटा खनिज उद्योग रहेका सूचना अधिकारी भुसालले जानकारी दिए।

जिल्लामा हालसम्म आठ ६१३ वटा वाणिज्य फर्महरू कायम रहेका छन्। यसमध्ये आठ हजार ५२३ वटा एकलौटी वाणिज्य फर्म तथा ९० वटा साझेदारी फर्म रहेका छन्। जिल्लामा कायम रहेका वाणिज्य फर्ममध्ये आयातनिर्यात व्यापारसम्बन्धी उद्देश्य बोकेका एक–एकवटा रहेका छन्। आठ हजार ६११ वटा वाणिज्य फर्मको उद्देश्य स्थानीय व्यापार रहेको छ। त्यस्तै १८१ वटा फर्मले थोक व्यापार र आठ हजार ४३२ वटा फर्मले खुद्रा कारोबार गर्नेगरी दर्ता भएका सूचना अधिकारी भुसालले बताए।

प्रकाशित: २०८३ कार्तिक २६ गते बुधबार ०२:०५
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना