२०८३ कार्तिक २७ गते बिहिबार

पोखरामा ८२ प्रतिशत विद्युतीय तार भूमिगत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २७
bhumigat tar

कास्की: नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ।

विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले प्राधिकरणले चार वर्षअघि सुरु गरेको आयोजनाअन्तर्गत पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए। उनका अनुसार भरतपुरको काम अन्तिम चरणमा पुगेको छ।

पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १६५.७ किलोमिटर क्षेत्रमा तार बिछ्याइएको छ। त्यसमध्ये ५५.२ किलोमिटर क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाहसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए। प्राधिकरणले पहिलो चरणमा पोखराका मुख्य सहरी क्षेत्र तथा पर्यटकीय आवागमन बढी हुने स्थानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेतीपुलसम्म पृथ्वी राजमार्ग क्षेत्रमा रहेका चार सयभन्दा बढी घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन भइसकेको छ। त्यस्तै, सेतीपुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सम्पन्न भएको उनले जानकारी दिए।

लेकसाइडका भित्री सडकमा समेत तार बिछ्याइसकिएको र अब विद्युत् प्रवाह गर्न मात्र बाँकी रहेको छ। अहिले सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा तथा सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै लेकसाइडस्थित तालबाराही मन्दिरतर्फ जोडिने सडकका केही खण्डमा तार बिछ्याउने काम भइरहेको छ।

“सेतीपुल निर्माणाधीन अवस्थामा रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा तत्काल विद्युत् प्रवाह गर्न सकिएको छैन”, इन्जिनियर सुवेदीले भने, “पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले छिट्टै बाँकी क्षेत्रमा पनि भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन हुनेछ।”

आयोजनाअन्तर्गत पोखराका मुख्य राजमार्गसँगै सहायक सडकमा पनि तार भूमिगत गर्ने काम भइरहेको छ। विद्युत्का तारसँगै टेलिफोन, केबल टेलिभिजन र इन्टरनेट सेवाका लागि अप्टिकल फाइबरसमेत बिछ्याइएको छ। भूमिगत प्रणाली सञ्चालनमा आएका क्षेत्रमा पुराना विद्युतीय पोल र तार हटाइएको आयोजना कार्यालयले जनाएको छ। पोखरामा छ हजार घरधुरीलाई भूमिगत प्रणालीबाट विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य छ।

त्यस्तै, भरतपुरमा कुल १५६.३३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १५५.३७ किलोमिटर क्षेत्रमा तार बिछ्याइसकिएको छ। त्यसमध्ये १३७.८७ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाह भइसकेको इन्जिनियर सुवेदीले जानकारी दिए। भरतपुरका एक हजार २०० घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुर्‍याउने लक्ष्य रहेको छ।

अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाएर तार भूमिगत गर्दा सहरी सौन्दर्य कायम हुनुका साथै दुर्घटनाको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।

सन् २०२२ जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले आयोजनाको निर्माण ठेक्का पाएको थियो। एसियाली विकास बैंकको करिब तीन अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा प्राधिकरणले पोखरा र भरतपुरमा वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो।

प्रकाशित: २०८३ कार्तिक २७ गते बिहिबार ०६:३६
प्रतिक्रिया

थप समाचार

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

लक्ष्मीपूजाका दिन बिजुलीको माग १८१३ मेगावाट, ५८७ मेगावाट भारत निर्यात

काठमाडौं। लक्ष्मीपूजाका दिन मुलुकमा बिजुलीको माग १ हजार ८१३ मेगावाट पुगेको छ। आइतबार साँझ सवा ६ बजे बिजुलीको उक्त माग रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आन्तरिक विद्युत् माग...

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...
Kerung_ktm_train
विचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना