काठमाडौँ- पूर्वसांसद समेत रहेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको हो।
प्रहरीकाका अनुसार रौनियारविरुद्ध बाँकेमा ठगीसम्बन्धी उजुरी परेको छ। बाँके प्रहरीले रौनियारलाई पक्राउ गर्न अनुरोध गरेको थियो।
पर्सा-३ बाट निर्वाचित पूर्वसांसद् रौनियार सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनी संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए।


