काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्नका लागि आफूले महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताएका छन्। दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएकाले आफूले पद त्याग गर्दा कांग्रेस बदलिन्छ भने आफू त्यसका लागि तयार भएकभो बताएका हुन्।
‘कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ। यो देश बदल्नै पर्छ। बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ। तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ,’ नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘म बदलिन तयार छु। मैले पटकपटक भनेको छु–दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो। सबै तयार हुनुपर्छ।’
महामन्त्री थापाले कांग्रेस सक्कियो भनेर नआत्तिन पनि कार्यकर्तालाई आग्रह गरेका थिए।


