अर्घाखाँची- अर्घाखाँचीको पणेनामा आज बिहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ। पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए।
पाणिनि-१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको उनको भनाइ छ। मृत्यु हुनेमा ११ वर्षीया अञ्जु रास्कोटी, १० वर्षीय धनबहादुर रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटी रहेको उनले जानकारी दिए।
साथै सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिए। घरमा ६ जना बस्दै आएकोमा २ जना गोठको काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो।


