२०८३ कार्तिक ११ गते मङ्गलबार

१० ठाउँ ११ दृश्य

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत ८
Kagbeni Tarpan
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित कागबेनीमा औँसी तिथि पारेर मङ्गलबार बिहान दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न लागेका भक्तको घुइँचो। मृत्यु तिथि नखुलेका आफन्तको नाममा कागबेनीमा चैत कृष्ण औँसी र सोह्र श्राद्धको समयमा पिण्डदान गरेमा मुक्ति पाउने हिन्दू धर्मावलम्बीको विश्वास छ। तस्बिरः सन्तोष गौतम/रासस

बसन्त सुरु भएसँगै मौसम बदलिँदो छ। चिसो न तातोको मौसम सुरु भएसँगै घरबाहिरका गतिविधि बढ्न थालेका छन्। राससमा मंगलबार प्रकाशित विभिन्न स्थानका दृश्य तस्बिरमा:

वातावरणीय प्रदुषण न्यूनीकरणको सन्देश फैलाउने उद्देश्य सहित काठमाडौँबाट हिमाल पारिको जिल्ला मुस्ताङसम्मको ‘इको’ साइकल यात्रामा सहभागी भएर फर्कने क्रममा म्याग्दी आइपुगेका भिक्षु/भिक्षुणीको टोली। तस्बिरः कमल खत्री/रासस

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको गौश्वारामा मङ्गलबार परेको असिना। असिना पानीले भित्राउने बेलाको बाली सखाप पारिदिएपछि किसान चिन्तित छन्। तस्बिर : ध्रुवप्रसाद शर्मा/रासस

धादिङको सल्यानटार र आसपास क्षेत्र (हेलीकोप्टरबाट कैद गरिएको)। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ उपत्यकामा पानी परेर तुवाँलो हटेपछि हेलीवाट कैद गरिएको काठमाडौँ नयाँ वसपार्क गंगबु चक्रपथ आसपासको क्षेत्र। तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौँ उपत्यकामा पानी परेर तुवाँलो हटेपछि हेलीवाट कैद गरिएको काठमाडौँ स्वयम्भू आसपासको क्षेत्र। तस्बिर : प्रदीपराज वन्त / रासस

गोरखाको भिमसेनथापा गाउँपालिकास्थित बगुवाको मिलन बस्ती र आसपासका क्षेत्र (हेलीकोप्टरबाट कैद गरिएको)। २०७२ सालको भुकम्पवाट क्षेती भएपछि सामूहिक बस्नको लागि स्थानीय बासिन्दाकै सक्रियतामा यो वस्ती बनेको हुो। तस्बिर : प्रदीपराज वन्त/रासस

मदनभण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको गाईघाट सडक खण्डको दायाँबायाँ रहेका सालको रूख। तस्बिर : रत्न श्रेष्ठ/रासस

जाजरकोट जुनिचाँदे गाउँपालिका–१ चैयास्थित गाउँमा लगाएको गहुँबाली। यहाँ सिँचाइ सुविधा नभएकाले आकाशेपानीको भरमा लगाएको गहुँबाली हिउदे वर्षाको पखाइमा छ। तस्बिर : हेमन्त केसी/रासस

महोत्तरीको बर्दिबासमा जारी चौथो बर्दिबास महोत्सवमा माटोका भाँडा बनाउँदै रामनगर-१का रविन्द्र पण्डित कुम्हाल। तस्बिरः गोपालप्रसाद बराल/रासस

सुनसरीको इनरुवास्थित महानन्द पार्कमा सञ्चालनकाे तयारीमा रहेकाे खुला व्यायामशाला। इनरुवा नगरपालिकाले नगरका दुई स्थानमा खुला व्यायामशाला सञ्चालनको तयारी गरेको छ। तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: २०७९ चैत ८ गते बुधबार ०८:०३
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना