२०८३ कार्तिक १३ गते बिहिबार

आयरल्यान्डसँग दुई विकेटले नेपाल पराजित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १९
nepvsire

काठमाडौँ- आइसीसी क्रिकेट विश्वकपको जिम्बावेमा जारी छनोट अन्तर्गतको प्ले अफ खेलमा नेपालले आयरल्यान्डसँग हार बेहोरेको छ। जिम्बावेको हरारेमा भर्खरै सम्पन्न भएका खेलमा नेपालले दुइ विकेटको हार बेहोरेको हो। खेलको पहिलो पारीमा ब्याटिङ गरेको नेपालले निधारित ५० ओरमा ९ विकेट गुमाएर २६८ रन बनाएको थियो।

जवाफमा चार बल बाँकी रहँदै आठ विकेट गुमाएर आयरल्यान्डले लक्ष्य पुरा गरेको हो। जवाफमा नेपालका करण केसीले चार विकेट लिए पनि आयरल्यान्ड रोकिएन। आयरल्यान्डका ह्यारी ट्रेकर र क्रिस क्याम्परले क्रमशः ६० र ६२ रन बनाएका थिए। टेक्टरलाइ सन्दिपले आउट गरा एभने क्याम्फरलाइ करणले आउट गराएका थिए।

यसबाहेक आयरल्यान्डका लोरकन टुकरले समान २४ २४ रन बनाएका थिए। भने जर्ज डोकरेलले ३३ रन बनाएका थिए। नेपालका लागि करणले चार विकेट लिए भने किशोर महतोले दुइ विकेट लिए। त्यस्तै, गुल्सन र सन्दीपले समान एकएक विकेट गिराए।

पहिलो पारीमा नेपालले सुरमै दुइ विकेट गुमाएको थियो। १३ बलमा सात रन बनाएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १२.३ ओभरमा दोस्रो विकेटका रपमा आउट भए। आइरिस बलर योङको हातबाट आउट हुँदा नेपालको खातामा ४४ रन रहेको छ। उनी बाहिरिएसँगै कप्तान रोहित कुमार पौडेले मैदान प्रवेश गरेका थिए।

टेस्ट राष्ट्रसमेत रहेको आयरल्यान्डसँग नेपालले टस हारेर पहिले ब्याटिङको अवसर पाएको थियो। खेलको आठ ओभर एक बलमा नेपालले पहिलो विकेट गुमाएको थियो। नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई आठ रन मात्र बनाएको अवस्थामा गुमाएको हो।

नेपालले आज आयरल्यान्डसँग पहिलो पटक एक दिवसीय खेलेको हो। यो खेलमा नेपालले पहिलो विकेट गुमाउँदा २७ रन बनाएको थियो। नेपालविरुद्ध आयरल्यान्डका क्रेग योङले पहिलो विकेट लिए। उनले प्रहार गरेको बललाई लोरक्यान ट्रकरले क्याच गरेका थिए। ज्ञानेन्द्रलाई पनि यि दुवैले उसैगरी आउट गराएका हुन्।

नेपालले पहिले ब्याटिङ गर्ने भएपछि नेपालको ओपनिङमा अर्जुन साउँद र कुशल भुर्तेल आएका थिए। अजुन भने ४८ रनमा आउट भएर अर्धसतक बनाउनबाट दुइ रनले चुकेका थिए।

नेपालका लागि रोहित पौडेलले पनि ठूलो पारी खेल्न सकेनन्। उनले ३५ बलमा २९ र भने बनाउन सके। रोहित आउट भएपछि मैदान छिरेका भीम साकीले पनि औषत प्रदर्शन गरे। उनले ३१ बलमा २० रन बनाए। रोहित क्याम्परको शिकार बने भने भीम म्याककार्थीको हातबाट आउट भए।

खेलमा कुशल मल्लले ११५ को स्ट्राइकर रेट राख्दै ४४ रन बनाउँदा दिप्ेन्द्र सिंह ऐरी भने शून्य रनमा नै आउट भए। अन्तिममा सन्दिप लामिछानेले ३२ र गुल्सन झाले ५७ रन बनाएका थिए। आजको खेलमा सबैभन्दा धेरै रन बनाउने गुल्सन नै रहे। उनले ४२ बलमा ५७ रन बनाएका थिए।

नेपालविद्ध आयरल्यान्डका विकेटकिपर ट्रकरले चार क्याच गरे भने मार्क अडेयर, ब्यारी म्याककार्थी र क्रइग योङले समान दुइदुइ विकेट लिएका थिए। एक विकेट लिनेमा क्याम्फर, ग्यारेथ डिलनी र म्याकब्रिन रहे।

प्रकाशित: २०८० असार १९ गते मङ्गलबार १०:०२
प्रतिक्रिया

थप समाचार

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना