२०८३ साउन १३ गते बुधबार

आफैं दाना उत्पादन गरेपछि बढ्यो पशुपालकको नाफा

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार २१
boy and buffalo

नारायणगढ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएस आइपी) को अनुदान सहयोगले यस क्षेत्रका किसान उद्यमी बन्न थालेका छन्। कूल लगानीको २० प्रतिशत सहकारी-समूह वा व्यक्तिको, बैंक तथा वित्तीय संस्थाको अनिवार्य ३० प्रतिशत ऋण लगानी र ५० प्रतिशत आयोजनाले अनुदान दिने कार्यक्रम सफल बन्दै गएपछि यहाँका किसान उद्यमी बन्दै भएका हुन्।

भरतपुर महानगरपालिका–६ स्थित देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड विगत एक वर्षअघिबाट एनएलएस आइपीको उपआयोजनाअन्तर्गत नमूना दूध तथा दुग्धजन्य पदार्थ प्रशोधन तथा विविधिकरण एवं बजारीकरण संस्थाको स्थापना गरी आफैँ उद्यमी बनेको छ।

यो संस्था २०५२ सालमा स्थापना भएर दूध सङ्कलन गरेर निजी दुग्ध उद्योगलाई बिक्री वितरण गर्दै आएको थियो। एक करोड ७७ लाखको लागत रहेको उक्त उद्योगले हाल दैनिक तीन हजार लिटर दूध सङ्कलन गर्दैआएको छ। संस्थाले दूध प्रशोधन गरेर बजारीकरण गर्दै आएको छ।

जसबाट प्रत्यक्षरुपमा २०५ जना सेयर सदस्य लाभान्वित भएका छन्। संस्थाले उद्योगबाट दूध दही, पनिर र नौनी बनाएर बजारमा बिक्री वितरण गर्दै आएको छ। सहकारीले दूधको उचित मूल्य दिएपछि किसान पशुपालन व्यवसायमा आकर्षित भएको संस्थाका व्यवस्थापक जनार्धन पौडेलले जानकारी दिए।

एनएलएस आइपीको उपआयोजना लागू भएपछि विगतमा खासै व्यावसायिक नभएको देवनगर दुग्ध उत्पादक सहकारी संस्था हाल दुग्ध उद्योग स्थापना भएपछि कृषकलाई व्यावसायिक मार्गमा ल्याउन सफल भएको संस्थाका व्यवस्थापक पौडेले बताए।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट नगरपालिका–११ मा रहेको मुकुन्दपुर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले हाल आफ्ना किसानका लागि गाईभैँसीलाई चाहिने दाना आफैँ उत्पादन गर्दै आएको छ।

विगतमा बाहिरबाट दाना किनेर बस्तुलाई खुवाउँदा उत्पादनमा कमी हुने तथा रोगले सताउने गरेको र हाल आफ्नै दाना उद्योग भएपछि उत्पादन बढेको यहाँका किसान बताउँछन्। एनएलएस आइपीको अनुदानका आफ्नै ठाउँमा दाना उद्योग खुलेपछि किसानलाई दानामा सहजता मिलेको हो।

मुकुन्दपुरका किसान लक्ष्मण आचार्य सहकारी मार्फत गाउँमै दाना उद्योग खुलेपछि किसानलाई सहजता मिलेको बताए। पहिले गाईलाई खुवाउने बजारको दाना र हाल सहकारीले उत्पादन गरेको दानामा निकै फरक भएको भन्दै उनले अहिलेको दानामा पौष्टिकतत्व बढी र दूध उत्पादन धेरै भएको बताए। देशमै केही गरौँ भनेर गाईपालन गरेका आचार्य सहकारीमार्फत् दाना उद्योग खुलेपछि व्यवसायमा थप हौसिएका छन्।

हाल ४० गाईभैँसी पाल्दै आएका गैँडाकोट–१३ का नारायण पौडेलले सहकारीमार्फत दाना पाएपछि निकै सुविधा मिलेको बताए। मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाद्वारा सञ्चालित मुकुन्दसेन दाना उद्योगका अध्यक्ष गोपाल श्रेष्ठ पशु आहार व्यवस्थापनका लागि एनएलएस आइपीको कार्यक्रमअनुसार अनुदान पाएपछि उद्योग खोल्न सफल भएको बताए।

संस्थाको उद्देश्यअनुसार दाना उत्पादन गर्दै आएको बताउँदै उनले हाल प्लेट दाना र धुलो दाना उत्पादन भएको जानकारी दिए। दाना उद्योग परीक्षणकै क्रममा रहेको अवस्था भए पनि उत्पादनमा सफलता मिलेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

हाल मासिक ९० टन दाना उत्पादन हुने गरेको उद्योगको आफ्ना किसानलाई वितरण गरी थप दानाको बजारीकरण गर्दै लक्ष्य रहेको छ।

दाना उत्पादनमा कच्चा पदार्थको अभाव भने हुने गरेको बताउँदै श्रेष्ठले नेपालमै भएका कच्चा पदार्थ उपयोग गर्न पाएका अझ प्रभावकारीे रुपमा दाना उत्पादन गर्न सकिने बताए। रत्ननगर नगरपालिका–१२ मा भैँसी तथा गाईपालन गर्दै आएका दिनेश खतिवडा आफ्नै देशमा श्रम र पसिना बगाउँ भन्ने धारणका साथमा विगत आठ वर्षदेखि यो व्यवसाय गर्र्दै आएका छन्।

विगतमा आफ्नै तरिकाले पशुपालन गर्दै आएका खतिवडाले एनएलएस आइपीको उपआयोजना लागू भएपछि हाल दैनिक ४०० लिटर दूध उत्पादन गरेका छन्।

पशुपालन गर्दा ब्रिड पहिचान गरी बढी उत्पादन लिन सकिने उनको अनुभव छ। एनएलएस आइपी आयोजना काम गर्ने किसानका लागि मात्र भएको खतिवडाको बुझाइ छ। यो कुरा आफूले काम गर्दै गर्दा बुझेको उनले बताए। एनएलएस आइपीको अनुदान लिएपछि उनले भकारो सुधार, ब्रिड तथा नश्ल सुधार, साइलेज निर्माण तथा भण्डारणजस्ता काम गरेको छन्।

विगतमा अन्य उद्योग सञ्चालन गरेर लगानी पनि नउठेको अवस्थामा हाल विकल्प खोज्दै जाँदा कृषि व्यवसायमा हात हालेको चितवन माडीका विणुप्रसाद पङ्गेनी बताए। हाल उन्नत जातका बाख्रापालन गर्दै आएका उनले मासु उत्पादनमा केही योगदान दिन्छु भन्ने उद्देश्यका साथमा बाख्रापालनमा लागेका छन्।

सुरुका दिनमा सात-आठ बाख्राबाट सुरु गरेका उनले एनएलएस आइपीसँग जोडिन पुगेपछि दुई सयको हाराहारीमा बाख्रापालन गर्दै आएका छन्।

उनको बाख्रापालनमा हाल २५ लाख लगानी पुगेको छ। पङ्गेनी भने, ‘एनएलएसआइपीका सरहरुले सिकाउँदा अहिले केही होलाजस्तो भएको छ यसरी गर्दा राम्रो हुने रहेछ पहिला आफ्नै ढङ्गबाट गरिन्थ्यो’, आयोजनासँग जोडिएपछि पहिला वार्षिक एक डेढ लाख आम्दानी गर्ने उनको आम्दानीको लक्ष्य वार्षिक १२ पन्ध्र लाख रहेको छ।

विश्व बैंकको ऋण सहयोगमा आव २०७४/७५ देखि कार्यान्वयनमा आएकोे नेपाल लाइभ स्टक सेक्टर इनोभेसन (एनएलएसआइपी) आयोजना आव २०८०/८१ मा सम्पन्न हुँदैछ।

आयोजना सम्पन्न भएपछि यसअन्तर्गतका उपआयोजना स्थानीय सरकारको जिम्मामा हुनेछ। यस आयोजनाले कृषकलाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ।

प्रकाशित: २०८० असार २१ गते बिहिबार १२:११
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

इटहरी सेन्टर प्लाजा आगलागी : हेलिकोप्टरद्वारा ११ जनाको उद्धार

इटहरी (सुनसरी)- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी...

बालेनको घर पुगेर प्रचण्डले भने- रमाइलो छ, सबै मिलेर देश बनाउनु छ

काठमाडौँ-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो अनुभुति भएको बताएका छन्। जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समते...

आबुखैरहनीमा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

दमौली -  पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेहनी गाउँपालिका–१ सत्र सयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा...

निर्दोष बालबालिका पनि कारागारमा

गलकोट (बागलुङ)- जिल्ला कारागारमा निर्दोष बालबालिकालाई पनि जेलमा राख्ने गरिएको छ। बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका कारगारमा बस्न बाध्य भएका हुन्। चार वर्षीय बालक कारागारमा बसेको १०...

मिटरब्याजपीडितलाई सरकारले वार्तामा बोलायो

काठमाडौँ-  आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतबार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना