२०८३ कार्तिक १३ गते बिहिबार

एसईई : नतिजा उकास्न अझै चुनौती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २१
see2079

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल समग्रमा सुधारोन्मुख हुनुमा शिक्षक–विद्यार्थीको मेहनत र अभिभावकको जागरुकता मुख्य कारण रहेको शिक्षाविद् र शिक्षाकर्मीहरूको बुझाइ रहेको छ। साथै उनीहरूले मध्यमस्तरका विद्यार्थीलाई उत्कृष्टमा उकास्ने चुनौती कायमै रहेकाले त्यस प्रकारको योजना ल्याउन ध्यान दिन आग्रह गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले संवत् २०७९ को एसइईको नतिजा आज सार्वजनिक गरेपछि प्रारम्भिक विश्लेषणको प्रतिक्रिया दिँदै विज्ञहरूले माथिल्लो ग्रेडमा विद्यार्थी केही वृद्धि भए मध्यम ग्रेडमा धेरै विद्यार्थी रहेको देखिएले आगामी दिनमा पठपाठनमा सुधार्न सुझाएका हुन्। शिक्षाविद् डा मनप्रसाद वाग्लेले मध्यम विद्यार्थीलाई उत्कृष्टमा उकास्ने योजना आवश्यक रहेको प्रतिक्रिया दिए।

प्रकाशित नतिजाअनुसार स्तरीकृत अङ्क (जिपिए) दुईदेखि दुई दशमलव ४० सम्म यस वर्ष सबैभन्दा धेरै एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने जिपिए तीन दशमलव २० देखि तीन दशमलव ६० अन्तरमा ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन्। जिपिए तीन दशमलव ६० देखि चार अन्तरमा यस वर्ष २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत विद्यार्थी छन्। यी सबै स्तरीकृत अङ्कमा अघिल्लो वर्षको भन्दा नतिजा सुध्रिएको छ। प्रयोगात्मक भएका अङ्ग्रेजी, नेपाली र विज्ञानमा विषयमा विद्यार्थीले झन् राम्रो नतिजा ल्याउन सफल भएका छन् भने प्रयोगात्मक नभएको गणितमा धेरै विद्यार्थीको कमजोर रहेको देखिएको छ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले परीक्षाफललाई सरसर्ती हेर्दा स्थानीय तह र विद्यालयहरूमा एक प्रकारको सुधारको जागरण आएको देखिएको बताउँदै आगामी दिनमा एउटा स्थानीय तह र अर्काे स्थानीय तह तथा एक विद्यालय र अर्काे विद्यालयबीच प्रतिस्पर्धा गराउँदै हरेक केटाकेटीलाई प्रविधि र सिकाइसँग जोड्न शिक्षकलाई स्तरोन्नति गर्न सक्ने हो भने अझै नतिजा वृद्धि हुने बताए।

काठमाडौँ विश्वविद्यालय ‘स्कुल अफ एजुकेशन’का डीन एवं शिक्षाविद् डा बालचन्द्र लुइँटेलले कोभिडपछि शिक्षा सुधार्ने चिन्तनका साथ जसरी स्थानीय तह लागे, त्यसले सार्वजनिक विद्यालयमा राम्रो पढाइ हुन थालेको नतिजाले देखाएको उल्लेख गरे। ‘परीक्षा प्रणालीमा सुधर्ने र लापरवाही नहुने कुराले पनि सकारात्मक प्रभाव पारेको छ। प्रश्नपत्र रचनात्मक हुनेतर्फ उन्मुख छ तर सुधारका प्रयत्न समानरूपमा भएको छैन भन्ने देखिन्छ,’ डा लुइँटेलले भने, ‘जान्ने समूहको विद्यार्थी अझ जान्ने भयो भने नजान्ने समूह नजान्ने नै छ। तल्ला ग्रेडमा रहेका विद्यार्थी, जो दुर्गमका वा सरकारी विद्यालयका पनि कमजोर छन्, उनीहरूको परीक्षाफल सुधार हुन नसकेको अनुमान गर्न सकिन्छ।’

नतिजा र स्रोत साधनको अन्तरसम्बन्ध मिलेर शिक्षक दरबन्दी पर्याप्त भएका विद्यालयले तथा शिक्षा सुधारमा प्राथमिकता दिएका स्थानीय तहको समग्र नतिजा राम्रै देखिएको बताए।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरका बुझाइमा सामुदायिक विद्यालयको अवस्था सुधारोन्मुख हुनुमा विद्यालय व्यवस्थापन समितिको जागरुकता, शिक्षकको मेहनत र समुदायले विद्यालयलाई हेर्ने सकारात्मक दृष्टिकोण एवं सरकारको विद्यालय क्षेत्र सुधार हुँदै विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रमको थालनीले प्रभाव पारेको छ।

‘कोभिडपछि भौतिक उपस्थितिमिा विद्यालयमा पढ्न पाउँदा अभिभावक र विद्यार्थीहरू उत्साहित भएको र कोभिडका समयमा सञ्चार प्रविधिबाट पढ्दा खेप्नुपरेको हैरानीको राम्रो क्षतिपूर्ति मिलेको अनुभव भएको छ,’ नतिजाको सुधारबारे अध्यक्ष तुलाधरले सुनाए।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले सुधारोन्मुख नतिजाप्रति सन्तोष व्यक्त गर्दै कक्षाकोठाको सिकाइलाई केन्द्रित गर्दै परीक्षा प्रणालीलाई अझै सुधार्न आग्रह गरे। प्रयोगात्मक नम्बरको बलको आधारमा मात्रै नभई सैद्धान्तिक ज्ञानबारे राम्रोसँग पढेमा मात्रै राम्रो नतिजा आउँछ भन्ने बुझाइ स्थापित गर्नतिर लाग्नुपर्ने अध्यक्ष ढुङ्गानको जोड रहेको छ।

प्रकाशित: २०८० असार २१ गते बिहिबार ०८:४२
प्रतिक्रिया

थप समाचार

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना