काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्ने तीन जनालाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ। उनीहरू तीनै जनालाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी गरेको हो।
मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा आयोजना गरिएको समारोहमा सहभागी हुनका लागि जाने क्रममा उनीहरूले प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ‘प्रचण्ड मुर्दावाद’, ‘आतंककारी प्रचण्ड’जस्ता नारा लगाएका थिए।
सोम शर्मा, उद्धव बस्नेत र विप्लव खड्काविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउनका लागि प्रहरीले बुधबार काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद लिएको छ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि उनीहरूलाई प्रहरीले मुख थुनेर लछारपछार पारेर प्रहरी भ्यानमा हालेको थियो। हाल उनीहरूलाई प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ। प्रहरीले अधिकतम २५ दिनसम्म थुनामा राखेर अुनसन्धान गर्न पाउँछ।
‘उनीहरुलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन तयारी गरिएको छ। प्रधानमन्त्रीलाई गालीगलौज तथा आपत्तिजनक शब्दमा नाराबाजी गरेकाले मुद्दा चलाउन लागिएको हो,’ प्रहरी प्रवक्ता पोषराज पोखरेलले नेपाल क्लिक्ससँग भने।
मुलुकी अपराध संहिता २०७४ को दफा ११८ मा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्न नहुने उल्लेख छ। ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन,’ उक्त दफाको उपदफा (१) मा उल्लेख छ। अभद्र व्यवहारको कसुर प्रमाणित भएको खण्डमा एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना हुने दफा ११८ को उपदफा (२) मा उल्लेख छ।
प्रहरीले उनीहरूलाई पक्राउ गरी बयान लिएको छ। बयानका क्रममा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्। बैंकको ब्याज महँगो भएकाले घटाउनुपर्ने आफूहरूको मुख्य माग रहेको प्रहरीले
यता सामाजिक सञ्जालमा भने मुखै थुनेर प्रहरीले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मौलिक हक संकुचित गरेको भन्दै आलोचना भइरहेको भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ता कृष्ण घिमिरेले मुख थुनेर र हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको आशय व्यक्त गरेका छन्।
हिजो मुख थुनेउ
आज हात बाँधेउ
अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश… pic.twitter.com/B1wbrnB2g0— krishna Ghimire (@krishna911204) March 22, 2023
ट्विटर प्रयोगकर्ता विष्णु पोखरेलले रामचन्द्र पौडेल राष्ट्रपति र रामसहायप्रसाद यादव उपराष्ट्रपति चयन भएको केही दिन
नबित्दै नागरिकको मुख थुनिएको संकेत गर्दै लेखेका छन्, ‘राज्य सुरु भएकै केही दिन पछि नै सर्वसाधारणको मुख थुन्ने काम भएछ। गाँणतन्त्रमा बोल्न पाईन्छ भनेको होइन र? छविलालको नाम उच्चारण गर्ने बितिक्कै मुख थुन्ने दुस्साहस भएछ। जय होस् छोटे महाराजहरूको।’
राम राज्य सुरु भएकै केही दिन पछि नै सर्वसाधारणको मुख थुन्ने काम भएछ। गाँणतन्त्रमा बोल्न पाईन्छ भनेको होइन र ?? छबिलालको नाम उच्चारण गर्ने बितिक्कै मुख थुन्ने दुस्साहस भएछ। जयहोस छोटे महाराजहरुको। pic.twitter.com/8GlGUjpvLN
— BISHNU POKHAREL (@55Kthm) March 21, 2023
अर्का ट्विटर प्रयोगकर्ता नेत्रप्रसाद नेपाल लेख्छन्, ‘लोकतन्त्र भनेको यही हो?लोकतन्त्रमा बोल्न पाइन्छ होइन ?योभन्दा लज्जास्पद केही हुन्छ ?तपाईंहरूको ड्युटी हुनसक्छ तर नेपाल प्रहरीले यस्तो मुख थुन्ने काम किन गरियो? जनता जान्न चाहन्छ।’
लोकतन्त्र भनेको यही हो ?लोकतन्त्रमा बोल्न पाइन्छ होइन ?योभन्दा लज्जास्पद केही हुन्छ ?तपाईंहरूको ड्युटी हुनसक्छ तर @NepalPoliceHQ यस्तो मुख थुन्ने काम किन गरियो ?जनता जान्न चाहान्छ। pic.twitter.com/aBYU10ws6h
— नेत्रप्रसाद नेपाल (@NetraNepal) March 22, 2023


