काठमाडौँ- डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) निकट नेपाल समाजवादी विद्यार्थी युनियन शंखनाद जुलुस गरेको छ।
संघीय शिक्षा ऐन जारी गर्न र शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
‘संघीय शिक्षा ऐन जारी गर’, ‘शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर’ लगायतका प्लेकार्ड उनीहरूले बोकेका थिए।
उनीहरू शंखनादका साथ थाल ठटाएर सरकारको ध्यानाकर्षण गराएका थिए।
















