काठमाडौं- नेपाली यू १९ महिला टिमले बंगलादेशमा जारी यू १७ महिला साफ च्याम्पियन्सिपमा भुटानको सामना गर्दैछ। ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा हुने खेलमा नेपालले भुटानको सामना गर्न लागेको हो।
नेपाली टिम यसअघि भारतसँग बेहोरेको हारलाई भुल्दै भुटानविरुद्ध जितको लक्ष्यका साथ अघि बढिरहेको छ। यो खेल राति ७ बजे सुरु हुनेछ।
सोही रंगशालामा नेपालले भारतसँँग नेपालले ४–१ को हार व्यहोरेको थियो। त्यसैले नेपाल आज पहिलो जितको खोजिमा रहने छ। यता भुटानले पनि जित निकाल्न सकेको छैन।
आमन्त्रित टोली रसियासमेतको सहभागिता रहेको प्रतियोगितामा नेपालले आइतबार रसिया र आउँदो मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ।
यसअघि बंगलादेशमा नै आयोजना भएको यू १५ महिला साफको उपाधि नेपालले जितेको थियो। नेपाल फेरि अर्को उपाधिको आशासँगै बंगलादेश गएको हो।


