२०८३ कार्तिक १६ गते आईतबार

प्रहरी कार्ययोजना २०८० सार्वजनिक

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार २३
igp

काठमाडौं– प्रहरी मुख्यालले आगामी १ साउनदेखि लागू हुने गरी प्रहरी कार्ययोजना २०८० तयार पारेको छ।

मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढीकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रुपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो।

कार्ययोजनाले समयानुकूल सांगठानिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। उनले शुक्रबार कार्ययोजना सार्वजनिक गर्दै सेवा प्रवाहमा यसले सही ढंगले कार्यसम्पादन गर्न सहयोग पुग्ने बताए।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी कार्ययोजना २०८०, नेपाल प्रहरी कार्ययोजना २०७९ को समीक्षा, कार्यान्वयन प्रक्रिया एवं कार्ययोजना बेन्चमार्क गतिविधिसम्बन्धी प्रस्तुतीकरण गरेका थिए।

सो क्रममा प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले अहोरात्र जनताको जीउधनको सुरक्षामा खटिनुपर्ने जिम्मेवारी बहन गर्न उच्च मनोवलयुक्त प्रहरी कर्मचारीबाट मात्र सम्भव भएकोले आन्तरिक शुद्धीकरण, वैज्ञानिक र विशिष्टीकृत अपराध अनुसन्धान प्रणाली, प्रहरी कर्मचारीका आधारभूत आवश्यकताको परिपूर्ति, वृत्ति विकास र कल्याणकारी योजना यस कार्ययोजनाको मुख्य लक्ष्यमा परेको उल्लेख गरे।

प्रचलित कानुनको अधीनमा रही मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढीकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रुपान्तरण गर्ने कार्ययोजनाको उद्देश्य रहेको उनको भनाइ छ।

कार्ययोजनामा १३ वटा मुख्य लक्ष्य, ४० वटा लक्ष्यअनुरूपको कार्यगत उद्देश्य र एक सय ८३ वटा क्रियाकलाप समेटिएका छन्। प्रहरीको आन्तरिक सुदृढीकरण योजनातर्फ पाँच वटा र नागरिक केन्द्रित प्रहरी सेवातर्फ चार वटा गरी प्राथमिकताको आधारमा जम्मा ९ वटा बेन्चमार्क गतिविधि निर्धारण गरिएको छ ।

प्रहरी कर्मचारीको संघीय संरचनाअनुरुप समायोजन गर्नेलगायत १३ वटा मुख्य लक्ष्य रहेको उक्त कार्ययोजनामा सरकारको न्यूनतम साझा कार्यक्रम, आव २०८०/८१ को स्वीकृत नीति कार्यक्रम, गृह प्रशासन सुधार योजना २०७८, गृह मन्त्रालयको वर्तमान प्राथमिकताका क्षेत्र, नेपाल प्रहरीको रणनीतिक योजना, नेपाल प्रहरीद्वारा कार्यान्वयन गरिएका विगतका कार्ययोजना अध्ययनका साथै प्रहरीको प्राथमिकतागत क्षेत्र पहिचान, वर्तमान समस्या तथा चुनौती दृष्टिगत गर्दै कार्ययोजनाका गतिविधि निर्धारण गरिएको छ।

प्रकाशित: २०८० असार २३ गते शनिवार ०७:२८
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना