प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा जारी लाओसविरूद्धको खेलको पहिलो हाफमा नेपालले एक गोलले अग्रता लिएको छ।
दशरथ रंगशालामा भएको खेलको ३२औं मिनेटमा अनन्त तामाङले हेडिङ गोल गरेका हुन्। पहिलो हाफ सकिँदा लाओसले नेपालविरुद्ध गोल गर्न सकेको छैन।
नेपालको प्लेइङ-११ मा किरणकुमार लिम्बू (कप्तान, गोलकिपर), विकास खवास, अनन्त तामाङ, नवीन लामा, एरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ, रोहित चन्द छन्।
आजको खेलमा नेपाली टिमका सनिष श्रेष्ठले डेब्यु गरेका हुन। फिफा वरियतामा नेपाल १७५, भुटान १८५ र लाओस १८७ स्थानमा छन्।






