काठमाडौँ- चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु भएको छ। सौरमासअनुसार साउन महिनामा मल(अधिक)मास परेकाले चन्द्रमासअनुसार नै साउने सोमबारको व्रत सुरु भएको हो।
नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। पशुपतिनाथ मन्दिरमा भने चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ।
चन्द्रमास अनुसार यसपालिको पहिलो साउने सोमबारमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड देखिएको छ।
साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए।
साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ।
हेरौँ सोमबार बिहानको पशुपति परिसर
















