काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन्।
सोमबार सिंहदरवार परिसरमा निर्माण भइरहेको संसद भवनको उनले निरीक्षण गरेका हुन्।
अवलोकनका क्रममा उनले भवन निर्माणबारे प्रगतिको जानकारी लिएका थिए।
सो अवसरमा सहरी विकासमन्त्री सीता गुरुङलगायत सरकारी अधिकारीहरू उपस्थित थिए।











