काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा श्रद्धाञ्जलि अर्पण गरिएको छ।
बुधबार बिहान ८:३३ मा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी सीताको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्पगुच्छा अर्पण गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परिवार तथा पार्टीका सदस्यले श्रद्धाञ्जली अर्पण गरेका थिए। अहिले पार्टी कार्यालय पुगेर सीताको शवमा माल्यार्पण गर्ने काम भइरहेको छ।
सीताको शव दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने माओवादी केन्द्रले जानकारी दिएको छ।
लामो समयदेखि पीएसपीबाट पीडित सीताको देश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गरिएको थियो। तर उनको रोग ठिक हुन सकेन।
सीताको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ।
















