२०८३ कार्तिक १२ गते बुधबार

सीता दाहाललाई लागेको रोग ‘पीसएपी’ के हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २७
psp
पीएसपी उपचारका क्रममा सीता। उनको बुधबार निधन भएको छ। फाइल तस्बिर

काठमाडौँ- बुधबार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित थिइन्। उनको उपचारका लागि नेपाल र भारतका साथै अमेरिकाका विभिन्न अस्पताल पुर्‍याइएको थियो। तर उनको उपचार सफल हुन सकेन। बुधबार बिहान नर्भिक अस्पतालमा उनको निधन भयो।

स्नायुरोग विशेषज्ञहरूका अनुसार पीएसपी मस्तिष्कमा लाग्ने रोग हो। यसलाई पूर्ण रूपमा निको पार्ने उपचार प्रणाली विकास भइसकेको छैन। नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर्स एन्ड स्ट्रोकका अनुसार प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) धेरै कम मानिसलाई लाग्ने रोग हो।

यसमा मानिसलाई सन्तुलन, हिँडडुल गर्न, बोल्न तथा निल्न कठिन हुने हुन्छ। यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्छ। ६० वर्षभन्दा बढीका मानिसमा यो समस्या बढी देखिने सम्भावना हुन्छ।

यो रोग लागेपछि मानिसको दिमागले स्वस्थ मानिस जसरी सोच्न सक्दैन। पीएसपी पार्किन्सन भन्दा फरक प्रकृतिको रोग भए पनि यी दुवै रोगका केही समान लक्षण पनि छन्। पीएपी लागेका मानिसहरूको शरीरका अंगले राम्रो सँग काम गर्न सक्दैनन्। शरीर सन्तुलनमा राख्न नसक्ने भएकाले पीएसपी पीडितहरू लड्ने सम्भावना बढी हुन्छ। यसका साथै न्युमोनियालगायतका समस्याले पनि यो रोग लागेका व्यक्तिलाई सताउने गर्छ।

यो रोग लागेका व्यक्तिहरूलाई खानेकुरा निल्न पनि समस्या हुन सक्छ। यसका साथै आँखाको चालमा पनि समस्या निम्त्याउँछ।

• आँखाको चालमा अवरोध
• तलमाथि हेर्न अप्ठेरो हुने
• आँखा चिम्लन र हेर्न समस्या हुने
• आँखा घुमाउन अप्ठेरो भएर टाउको नै घुमाइदिने

यसका साथै परिवारका सदस्यहरुले यो रोगको केही लक्षण पहिचान गर्न सक्छन्।
• डिप्रेसन
• उत्साहको कमी
• समस्या समाधान र निर्णय क्षमतामा कमी
• बोलीचालीमा उपयुक्त शब्द चयन गर्न नसक्नु
• चाँडोचाँडो रिस उठ्नु
• निद्रामा समस्या

यसको लक्षण पार्किन्सन्ससँग मिल्दोजुल्दो हुने भएकाले पनि चिकित्सकलाई यो रोग पत्ता लगाउन समय लाग्ने गर्छ। कतपय अवस्थामा मस्तिष्कको स्क्यान गरेर मात्र रोग पत्ता लगाउन सकिन्छ।

पीएसपी लागेकाहरू बसेको या सुतेको बेलामा पछाडिपट्टी सरिरहन्छन् भने मुन्टो पनि पछाडितर्फ नै बटार्ने गर्छन्। पार्किन्सन पीडितहरू भने अगाडि सर्छन्। बोली तथा खानेकुरा निल्ने प्रक्रियामा पार्किन्सन भन्दा बढी पीएसपी पीडितलाई हुने गर्छ।

पीएसपीका बिरामीहरू काम्ने निकै कम मात्रामा हुने गर्छ भने पार्किन्सनका बिरामीमा यो समस्या बढी हुने गर्छ।

अहिलेसम्म प्रोग्रसिभ सुप्रान्युक्लियर पाल्सीको कुनै उपचार फेला परेको छैन। तर, यसबारे विभिन्न अनुसन्धान पनि भइरहेको छ।

सहज हिँड्न, डुल्न तथा काम गर्नका लागि फिजियोथेरापिस्टको मद्दत लिन सकिने चिकित्सकले सुझाउने गरेका छन्। सजिलै बोल्न तथा निल्नका लागि स्पिच थेरापीको मद्दत लिने, धपेडी नगर्ने, सबै कुरा आरामले गर्न नपि चिकित्सकले सुझाउने गरेका छन्।

नेपालमा यस रोगका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन। तर, उपचारमा आउने बिरामीको संख्या भने बिस्तारै बढ्दै गइरहेको बताउने गरिएको छ।

यो रोग पूर्ण रुपमा निको हुँदैन । यसका लागि औषधि नै प्रमुख उपचार भए पनि बिरामीको दैनिक भोजन पोषिलो एवम् सन्तुलित हुन नितान्त आवश्यक हुन्छ। यसका साथै आवश्यकता अनुसार फिजियोथेरापीसमेत गर्नुपर्ने हुन्छ।

एनआईएनडीएसका अनुसार पार्किन्सनमा औषधिले राम्रो काम गर्छ। पार्किन्सन्सको औषधिले ८/९ वर्षसम्म काम गर्छ, तर पिएसपीमा एक-दुई वर्षसम्म मात्र औषधिले काम गर्छ।

प्रकाशित: २०८० असार २७ गते बुधबार ०१:३२
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना