काठमाडौँ- सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ,’ मन्त्री शर्माले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ।
सीताको पार्थिक शरीरको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने भएको छ।



