वीरगञ्ज- १५ किलो ३ सय ग्राम चरेसहित वीरगञ्जबाट दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गुल्म वीरगञ्जले भारतीय नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।
नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी सहायक प्रहरी नायव उपरीषक सन्तोष कुमार बस्नेतले जानकारी दिए।
पक्राउ पर्नेमा पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिका-५ का अन्दाजी ३५ वर्षका सत्यनारायण माझी छन्। यस्तै सोही स्थानका प्रल्हाद माझी पनि पक्राउ परेका छन्।
उनीहरूले मोटरसाइकलको सिटमुनि र ट्यांकीमुनि फल्स ट्यांकी बनाई लुकाएर चरेस भारत लैजाँन लागेका थिए।
पक्राउ परेका दुवै जना र मोटरसाईकललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाइएको बस्नेतले बताए।


