२०८३ कार्तिक १३ गते बिहिबार

मनाङसम्म पुग्यो पशु चौपायामा लाग्ने लम्पी स्किन रोग

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार २८
lumphy skin gaibastu
मनाङ – हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिएका छन्। उनका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ।
गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उनले बताए। ‘बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ,’ कुसुमले भने।
किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताएका छन्। मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उनले बताए। उक्त गोरु होचो कदको रहेको छ ।
‘गोरुलाई लम्पी स्किन रोगको उपचार सुरु गरिएको छ, अन्य गाईगोरुसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रवन्ध मिलाएका छौँ,’ कुसुमले भने।
मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो। मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप ल्याएको कुसुमले जानकारी दिए। मङ्गलबारबाट चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ।
केही दिनपछि नासोँ गाउँपालिकाका किसानले पालेका पशुमा उक्त रोगविरुद्धको खोप लगाउन थालिने उनले बताए। मनाङमा गाईगोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताएका छन्।
प्रकाशित: २०८० असार २८ गते बिहिबार ११:३२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

इटहरी सेन्टर प्लाजा आगलागी : हेलिकोप्टरद्वारा ११ जनाको उद्धार

इटहरी (सुनसरी)- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी...

बालेनको घर पुगेर प्रचण्डले भने- रमाइलो छ, सबै मिलेर देश बनाउनु छ

काठमाडौँ-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो अनुभुति भएको बताएका छन्। जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समते...

आबुखैरहनीमा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

दमौली -  पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेहनी गाउँपालिका–१ सत्र सयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा...

निर्दोष बालबालिका पनि कारागारमा

गलकोट (बागलुङ)- जिल्ला कारागारमा निर्दोष बालबालिकालाई पनि जेलमा राख्ने गरिएको छ। बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका कारगारमा बस्न बाध्य भएका हुन्। चार वर्षीय बालक कारागारमा बसेको १०...

मिटरब्याजपीडितलाई सरकारले वार्तामा बोलायो

काठमाडौँ-  आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतबार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना