२०८३ कार्तिक १७ गते सोमबार

बैंकर्स संघले खारेज गर्‍यो ब्याजदरको ‘कार्टेलिङ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २८
sunil_KC_NBA
फाइल तस्बिर

काठमाडौँ- नेपाल बैंकर्स संघले ब्याजदरमा लगाउँदै आएको कार्टेलिङ खारेज गर्ने सहमति गरेको छ। बैंकर्स संघअन्तर्गतका ‘क’ वर्गका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिसहितको बैठक ब्याजदरको कार्टेलिङ खारेज गर्ने सहमति गरेको हो।

बैठकले निक्षेप तथा कर्जाको ब्याजदर तोक्ने जिम्मा अब सम्बन्धित बैंकहरूलाई नै दिन सहमति गरेको छ। योसँग अब सबै बैंकले साउन १ गतेदेखि लागू हुने गरी आफ्नो संस्थाले कायम गर्ने ब्याज आफैँ थपघट गर्न वा स्थिर राख्न पाउनेछन्।

यसअघि बैंकहरुले ब्याजदरको सीमा निर्धारण गर्दै आएका थिए। यसो गर्दा अधिकांश बैंकहरूको ब्याजदर समान हुन पुगेको थियो। बैंकरहरूको पछिल्लो सहमति पूर्ण रूपमा कार्यान्वयनमा आएको खण्डमा बैंकहरूपिच्छे नै ब्याजदर फरकफरक पर्न सक्नेछ।

अहिले साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ। अब बैंकले चाहेमा यसको १० प्रतिशतका दरले थपघट गर्न सक्छन्। यसो गर्दा बढाएमा ११ प्रतिशत र घटेमा ९ प्रतिशत हाराहारीमा बैंकहरूले ब्याजदर कायम गर्न सक्छन्।

अहिले बजारमा पर्याप्त तरलता जम्मा भएको छ। कर्जा लिनेहरू पनि यति बेला कम छन्। यस्तो बेला बैंकहरूमा रकम थुप्रिएको छ। यसकारण बैंकहरूले लगानी तथा निक्षेप संकलनमा ब्याजदर घटाउन सक्ने अवस्था छ। बैंकमा पर्याप्त रकम भएका बेला खुला छाड्ने तर बैंकमा रकम नभएका बेला कार्टेलिङ गर्ने पक्षमा बैंहरू देखिएका छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार एक कार्यक्रममा बैंकरले मिलेमतोमा तोकेको भन्दै विरोध गरेका थिए। त्यसलगत्तै बैंकरहरू बसेर कार्टेलिङ खारेज गराउने अभ्यास थालेका हुन्।

बढ्दो रेमिटेन्सले बैंकमा निक्षेप थुप्रिएको छ। यसका साथै आर्थिक वर्षको अन्त्य भएकाले पनि सरकारी खर्च बढेको अवस्था छ। निक्षेप बढेपछि अन्तर-बैंक सापटी एक प्रतिशतमा आइसकेको छ। सीडी रेसियो पनि ८२ प्रतिशत हाराहारी छ।

प्रकाशित: २०८० असार २८ गते बिहिबार ११:३३
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना