काठमाडौं – बंगलादेशका भइरहेको नेपाल र बंगलादेश सिनियर महिलाको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ। ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तफ कमल रंगशालामा जारी खेलको पहिलो हाफमा बराबरी भएको हो।
खेलमा दुवै टिमले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। निकै सुस्त देखिएको खेलमा दुवै टिमले गोल गर्न नसकेका हुन्।
यसअघि नेपाली सिनियर महिला टिमले बंगलादेशसँग एक पटक मात्र हार बेहोरेको छ। नेपालमै आयोजना भएको साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपालले बंगलादेशसँग ३–१ ले हारेको थियो। पछिल्लो समय बंगलादेश निकै राम्रो फर्ममा रहेको छ।


