२०८३ साउन १३ गते बुधबार

‘हाम्रो सपनै सानो छ, लगानी अनुसारको ठूलो नतिजा हो’

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, चैत २२
Nepali womens football team

काठमाडौं– पेरिस ओलम्पिक अन्र्तगत एसिया छनोटअन्तर्गतको पहिलो चरणमा नेपालले फराकिलो हार व्यहोर्यो। भियतनामसँग १–५ गोल अन्तरको पिडादायी हार नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा व्यहोर्न पुगेको छ। यो हारलाई नेपाली टिमका मूख्य प्रशिक्षक अनन्त राज थापाले अवसरलाई गोलमा परिणत गर्न नसक्नुको उपज मानेका छन्।

‘सुरुमा अवसर पाएको हो। ती अवसरलाई हामीलाई गोलमा परिणत गर्न सकेनौं। हाम्रा खेलाडीले मुभमेन्ट विल्डअप गर्न सकेनन्। तर, विपक्षीले अवसरलाई गोलमा बदलिरहे। हामीले पटक–पटक चुक्यौँ,’ थापाले भने, ‘आज विपक्षीले राम्रो खेले। यो खेल हेरेर हामीले पनि टिम राम्रो बनाउनु पर्ने देखियो।’

खासमा ठूलो प्रतियोगिता खेल्न कस्तो अनुभव चाहिने रहेछ भन्ने शिक्षा भियतनामसँगको खेलबाट मिलेको प्रशिक्षक थापाको भनाइ छ। फिफा वरियतामा भियतनाम नेपाल भन्दा ६७ स्थान माथि छ। उसले अर्को वर्ष फिफा विश्वकप खेल्दैछ।

‘विश्वकप खेल्न लागि के, कति गर्नु पर्ने रहेछ भन्ने थाहा भयो। उनीहरुको कद सानो थियो, तर फिजिकल स्ट्रेन्थ र व्यक्तिगत शैली राम्रो थियो। हामीले विश्वकपमा खेल्न कस्तो कौशल चाहिन्छ भन्ने पनि देख्यौँ। समग्रमा हामीले अवसरलाई सदुपयोग गर्न सकेनौं,’ उनले भने।
विश्वकप खेल्न लागेको टिमविरुद्ध गोल गर्नुपनि ठूलै उपलब्धि भने हो। सावित्राले दोस्रो हाफमा भियतनामविरुद्ध गोल गरिन्। त्यो गोल नेपालका लागि गरेको ४१औं गोल हो।

‘पहिलो हाफका दुई ओपन अवसर मिस भयो। त्यसले गर्दा दबाब भयो। त्यो दुई पटक गोल गर्न सकेको भए हाम्रो मुभमेन्ट राम्रो हुन्थ्यो। तर, दोस्रो हाफमा हामीले सुधारिएको प्रदर्शन गर्यौं,’ खेलपछि सावित्राले भनिन्।

प्रशिक्षक थापाले ठूलो टिमविरुद्ध गोल गर्नु पनि राम्रो उपलब्धि भएको तर्क गरे। ‘आजको खेलमा पाँचौ गोलबाहेक बाँकी गोल राम्रा नै थिए। त्यसको श्रेय स्कोररलाई दिनुपर्छ। गोलकिपरलाई दोष दिन मिल्दैन। यद्यपी अन्तिमको गोलमा केही त्रुटी देखियो, पोजिसनिङ लगायतका कुरामा गल्ती भयो। अनि दोस्रो हाफमा अमिशाको ठाउँमा सवित्रालाई ल्याउँदा केही फाइदा नै भयो, अर्को खेलमा राम्रो गर्छौं,’ उनले भने।

आजको खेलमा क्रस गर्ने साथी नहुँदा र पास दिनको लागि साथी पोजिसनमा नहुँदा गोलका अवसर गुमाउनु परेको सावित्राको भनाइ छ। उनले भनिन्, ‘आजको खेलमा नम्बर १०(रश्मी) ले राम्रो खेल्न सकिनन्। र, उसलाई परिवर्तन गर्ने बित्तिकै केही राम्रो भएको थियो।’ उनले यस्ता महत्वपूर्ण खेलअघि मैत्रीपूर्ण खेल्नुपर्नेमा धारण राखिन्।

भनिन्, ‘भियतनाम जत्तिको टिमसँगै मैत्रीपूर्ण खेलेको भए, आजको हारबाट सिक्ने थियौँ। साथै हाम्रो फुटबल दक्षिण एसियाबाट बाहिर जाने अवस्था छैन। यत्तिको लगानी, अभ्यासले राम्रो नतिजा दिएको जस्तो लागेका छ। मेरो ब्याचबाट जाने साथीहरुले साफ मात्र हेरेका छन्। तर, प्रगति गर्नको लागि साफभन्दा माथि नजर राख्नुपर्ने हुन्छ।’

उनले साफ बाहेकका देशसँग खेल्दाको अनुभव सुनाउँदै थपिन्, ‘उनीहरुको भिजन विश्वकप छ। हाम्रो साफ च्याम्पियनसिप छ। त्यसैले हामी उनीहरुसँग खेल्दा दबाब लिएर खेल्नु परिरहेको छ। उज्जवेकिस्तान, म्यानमार वा भियतनाम हामी भन्दा धेरै माथि रहेका छन्। यसलाई हेर्ने हो भने हामीले पनि विश्वकपको लक्ष्य राखेको हुनुपर्छ।’

यता, भियतनामका प्रशिक्षक चोङ आफ्नो टिमले जित निकालेपनि नेपालले राम्रो खेलेको बताए। उनले आफ्नो टिममा गल्ती भएको र त्यसलाई सुधार गर्ने बताए।

उनले भने, ‘मैले भारतविरुद्धको खेल हेरेको थिएँ। नेपाली टिममा पनि विकास भएको देखेँ। नेपाली टिमले लामो पास खेल्ने गरेको छ। क्राउड राम्रो थियो। यसले केही गाह्रो भने गराएको थियो।’

अब ठूलो जित हात लागेको अवस्थामा अर्को खेलमा लाइनअप कस्तो हुन्छ होला त? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘हामी हामीले दुई खेल मात्र खेल्ने हो। त्यसकारण राम्रो प्रदर्शन गर्नेछौं। लाइनअपबारे त्यसबारे सोचेको छैन।’

गोलकिपरले कमजोर भएर धेरै गोल भएको होला त? भन्ने प्रश्नमा उनले भने, ‘नेपाली टिम राम्रो थियो। नम्बर ९ अझ राम्रो लाग्यो। गोलकिपरले पनि राम्रो खेलेको हो। हामी सबैलाई राम्रो भन्छौं। फुटबलमा हामीलाई धेरै गोल गर्न मन पर्छ। तर हामीले एक गोल पनि खायौँ। हाम्रा खेलाडीले चोट पनि व्यहोर्न पुगे। हामी आउँदो विश्वकपमा पुरा स्क्वाड चहान्छौं। त्यसको तयारी गरिरहेका छौं।’

प्रकाशित: २०७९ चैत २२ गते बुधबार १०:०५
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

अर्जेन्टिनाका लियोनेल मेस्सी उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। अन्तरर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको...

यसपटकको विश्वकपबाट फिफाले गर्‍यो १५ अर्ब डलरको कीर्तिमानी आम्दानी

फिफाले यस गृष्मकालीन विश्वकपबाट १५ अर्ब अमेरिकी डलरको कीर्तिमानी आम्दानी गरेको छ। यो आम्दानी सुरुमा लक्ष्य राखिएको ११ अर्ब डलरभन्दा निकै बढी हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार...

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रका संघलाई बढ्नेछ सहयोग

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन्। यो रकम प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स, एएफपी। स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ। समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना