२०८३ कार्तिक ११ गते मङ्गलबार

‘हाम्रो सपनै सानो छ, लगानी अनुसारको ठूलो नतिजा हो’

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, चैत २२
Nepali womens football team

काठमाडौं– पेरिस ओलम्पिक अन्र्तगत एसिया छनोटअन्तर्गतको पहिलो चरणमा नेपालले फराकिलो हार व्यहोर्यो। भियतनामसँग १–५ गोल अन्तरको पिडादायी हार नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा व्यहोर्न पुगेको छ। यो हारलाई नेपाली टिमका मूख्य प्रशिक्षक अनन्त राज थापाले अवसरलाई गोलमा परिणत गर्न नसक्नुको उपज मानेका छन्।

‘सुरुमा अवसर पाएको हो। ती अवसरलाई हामीलाई गोलमा परिणत गर्न सकेनौं। हाम्रा खेलाडीले मुभमेन्ट विल्डअप गर्न सकेनन्। तर, विपक्षीले अवसरलाई गोलमा बदलिरहे। हामीले पटक–पटक चुक्यौँ,’ थापाले भने, ‘आज विपक्षीले राम्रो खेले। यो खेल हेरेर हामीले पनि टिम राम्रो बनाउनु पर्ने देखियो।’

खासमा ठूलो प्रतियोगिता खेल्न कस्तो अनुभव चाहिने रहेछ भन्ने शिक्षा भियतनामसँगको खेलबाट मिलेको प्रशिक्षक थापाको भनाइ छ। फिफा वरियतामा भियतनाम नेपाल भन्दा ६७ स्थान माथि छ। उसले अर्को वर्ष फिफा विश्वकप खेल्दैछ।

‘विश्वकप खेल्न लागि के, कति गर्नु पर्ने रहेछ भन्ने थाहा भयो। उनीहरुको कद सानो थियो, तर फिजिकल स्ट्रेन्थ र व्यक्तिगत शैली राम्रो थियो। हामीले विश्वकपमा खेल्न कस्तो कौशल चाहिन्छ भन्ने पनि देख्यौँ। समग्रमा हामीले अवसरलाई सदुपयोग गर्न सकेनौं,’ उनले भने।
विश्वकप खेल्न लागेको टिमविरुद्ध गोल गर्नुपनि ठूलै उपलब्धि भने हो। सावित्राले दोस्रो हाफमा भियतनामविरुद्ध गोल गरिन्। त्यो गोल नेपालका लागि गरेको ४१औं गोल हो।

‘पहिलो हाफका दुई ओपन अवसर मिस भयो। त्यसले गर्दा दबाब भयो। त्यो दुई पटक गोल गर्न सकेको भए हाम्रो मुभमेन्ट राम्रो हुन्थ्यो। तर, दोस्रो हाफमा हामीले सुधारिएको प्रदर्शन गर्यौं,’ खेलपछि सावित्राले भनिन्।

प्रशिक्षक थापाले ठूलो टिमविरुद्ध गोल गर्नु पनि राम्रो उपलब्धि भएको तर्क गरे। ‘आजको खेलमा पाँचौ गोलबाहेक बाँकी गोल राम्रा नै थिए। त्यसको श्रेय स्कोररलाई दिनुपर्छ। गोलकिपरलाई दोष दिन मिल्दैन। यद्यपी अन्तिमको गोलमा केही त्रुटी देखियो, पोजिसनिङ लगायतका कुरामा गल्ती भयो। अनि दोस्रो हाफमा अमिशाको ठाउँमा सवित्रालाई ल्याउँदा केही फाइदा नै भयो, अर्को खेलमा राम्रो गर्छौं,’ उनले भने।

आजको खेलमा क्रस गर्ने साथी नहुँदा र पास दिनको लागि साथी पोजिसनमा नहुँदा गोलका अवसर गुमाउनु परेको सावित्राको भनाइ छ। उनले भनिन्, ‘आजको खेलमा नम्बर १०(रश्मी) ले राम्रो खेल्न सकिनन्। र, उसलाई परिवर्तन गर्ने बित्तिकै केही राम्रो भएको थियो।’ उनले यस्ता महत्वपूर्ण खेलअघि मैत्रीपूर्ण खेल्नुपर्नेमा धारण राखिन्।

भनिन्, ‘भियतनाम जत्तिको टिमसँगै मैत्रीपूर्ण खेलेको भए, आजको हारबाट सिक्ने थियौँ। साथै हाम्रो फुटबल दक्षिण एसियाबाट बाहिर जाने अवस्था छैन। यत्तिको लगानी, अभ्यासले राम्रो नतिजा दिएको जस्तो लागेका छ। मेरो ब्याचबाट जाने साथीहरुले साफ मात्र हेरेका छन्। तर, प्रगति गर्नको लागि साफभन्दा माथि नजर राख्नुपर्ने हुन्छ।’

उनले साफ बाहेकका देशसँग खेल्दाको अनुभव सुनाउँदै थपिन्, ‘उनीहरुको भिजन विश्वकप छ। हाम्रो साफ च्याम्पियनसिप छ। त्यसैले हामी उनीहरुसँग खेल्दा दबाब लिएर खेल्नु परिरहेको छ। उज्जवेकिस्तान, म्यानमार वा भियतनाम हामी भन्दा धेरै माथि रहेका छन्। यसलाई हेर्ने हो भने हामीले पनि विश्वकपको लक्ष्य राखेको हुनुपर्छ।’

यता, भियतनामका प्रशिक्षक चोङ आफ्नो टिमले जित निकालेपनि नेपालले राम्रो खेलेको बताए। उनले आफ्नो टिममा गल्ती भएको र त्यसलाई सुधार गर्ने बताए।

उनले भने, ‘मैले भारतविरुद्धको खेल हेरेको थिएँ। नेपाली टिममा पनि विकास भएको देखेँ। नेपाली टिमले लामो पास खेल्ने गरेको छ। क्राउड राम्रो थियो। यसले केही गाह्रो भने गराएको थियो।’

अब ठूलो जित हात लागेको अवस्थामा अर्को खेलमा लाइनअप कस्तो हुन्छ होला त? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘हामी हामीले दुई खेल मात्र खेल्ने हो। त्यसकारण राम्रो प्रदर्शन गर्नेछौं। लाइनअपबारे त्यसबारे सोचेको छैन।’

गोलकिपरले कमजोर भएर धेरै गोल भएको होला त? भन्ने प्रश्नमा उनले भने, ‘नेपाली टिम राम्रो थियो। नम्बर ९ अझ राम्रो लाग्यो। गोलकिपरले पनि राम्रो खेलेको हो। हामी सबैलाई राम्रो भन्छौं। फुटबलमा हामीलाई धेरै गोल गर्न मन पर्छ। तर हामीले एक गोल पनि खायौँ। हाम्रा खेलाडीले चोट पनि व्यहोर्न पुगे। हामी आउँदो विश्वकपमा पुरा स्क्वाड चहान्छौं। त्यसको तयारी गरिरहेका छौं।’

प्रकाशित: २०७९ चैत २२ गते बुधबार १०:०५
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना